| आइतवार, कार्तिक २२, २०८३

बारपाक सुलिकोटको अमलेमा तेस्रो अमलेकप फुटबल प्रतियोगिता हुने

बारपाक सुलिकोट गाउँपालिका ७ अमलेमा तेस्रो अमलेकप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ ।

खेल खेलाँै, स्वस्थ्य बनौँ, आफनो गाउँ आफै बनाऔँ अभियान एक जुट होँ भन्ने नारासहित तेस्रो अमलेकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मण्डली युवा क्लवले जनाएको छ ।

आगामी मंसिर ९ गतेबाट प्रतियोगिता सुरु हुने क्लवका निवर्तमान अध्यक्ष दिर्घमान गुरुङले बताए । मंसीर ९ गतेबोट सुरु हुने फुटबल प्रतियोगिता १२ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा सहभागी हुनका लागि मंसिर ८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ । टिम दर्ताका लागि रु ६ हजार रुपैया शुल्क लाग्ने क्लवका निवर्तमान अध्यक्ष गुरुङले बताए । उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१ हजार, टूफी, मेडल र प्रमाण पत्र पाउनेछन् ।

दोस्रो हुनेले नगद ३१ हजार सहित टूफी, मेडल र प्रमाण पत्र दिइने क्लवले जनाएको छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, डिफेन्डर, सर्वाधिक गोलकर्तालाई पनि विशेष पुरस्कारको व्यवस्था रहेको क्लवले जनाएको छ ।

सो प्रतियोगिताका लागि प्रयोजन बारपाकसुलिकोट गाउँपालिकाले गरेको क्वलले जनाएको छ । सेभेन ए साइडमा हुने उक्त प्रतियोगितामा खेलाडी संख्या १० जनासम्म राख्न पाइनेछ

प्रतिक्रिया दिनुहोस्