| मङ्लबार, कार्तिक २४, २०८३

लायन्स क्लव अफ गोरखाद्धारा सय भन्दा बढीको निशुल्क मधुमेह परिक्षण

नोभेम्वर १४ अर्थात विश्व मधुमेह दिवसको अवसरमा गोरखा छेवेटारमा एकैदिन सय भन्दा वढीको मधुमेह परीक्षण गरिएको छ ।

लायन्स क्लव अफ गोरखा दरौदीको आयोजनामा छेवेटारको तारा माविमा सोमवार भएको कार्यक्रममा एकैदिन एक सय आठजनाको निशुल्क मधुमेह परीक्षण गरिएको हो ।

गोरखा मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा भएको परीक्षणमा ६२ जना महिला र ४६ जना पुरुषको गरी एक सय आठ जनाको परीक्षण गरिएको क्लवका अध्यक्ष रमेश विष्टले जानाकारी दिए । परीक्षणवाट १४ जनामा मधुमेह देखिएको थियो भने अन्यको रिपोर्ट सामान्य आएको थियो ।

मधुमेह पोजिटिभ देखिएकालाई आवश्यक परामर्श सहित अस्पताल रिफर गरिएको समेत विष्टले वताए । यसै गरी कार्यक्रम अन्तर्गत नै सोही विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत करिव ७० विद्यार्थीलाई मधुमेह रोग र यस सम्वन्धी सचेतना कार्यक्रम समेत संचालन गरिएको थियो । छेवेटार शहरी स्वास्थ्य केन्द्रका प्रमुख विकास थापाले उक्त कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।

क्लवले यर्सै महिना ५ हजार ४ सय १० जना विद्यार्थीको निशुल्क आँखा परीक्षण गरेको थियो भने पिस पोष्टर कार्यक्रम अन्तर्गत चित्रकला कार्यक्रम समेत संचालन गरेको थियो भने कार्तिक १९ गते शनिवार रक्तदान कार्यक्रम संचालन गरी ३० पिन्ट रगत संकलन गरी व्लड वैंक गोरखालाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्