
गोरखादेखि पाथीभरासम्मको यात्रा संस्मरण

नेपालकै प्रसिद्व धार्मिक तिर्थस्थलको रुपमा ख्याति कमाएको सुदुर पूर्वमा अवस्थित प्रख्यात पाथिभरा माताको वयान जो सुकै जानेहरुबाट सुने पछि दर्शन गर्न जाने अभिलाषा विगत ८ — १० वर्ष देखि रहेको थियो । सानो तिनो काममा अल्झेको मान्छेले ८–१० दिनको समय निकाल्न त्यति सजिलो पो कहाँ हुन्छ र त ? वडादशै २०७९को लामो बिदामा पाथीभरा जाने कार्यक्रम २ महिना अगि बन्यो ।
बिजयदशमीको टिकाको तेश्रो दिन असोजको २१ गते घरायासी टिकाटालो सकेर –बिहान ८ः३० मा काठमाडौं सम्म प्रस्थान गर्याै । यहि वर्ष दशैको टिकाको दिन बिहानदेखिको झरि ३ दिन सम्म अविरल झरी परेर यात्रामा कतै अवरोध हुने त हैन भन्ने थियो । तथापि शुक्रबार बिहान – ६ बजे बाट झरि अलि मथ्थर भएको ले यात्रा गर्ने हिम्मत बढ्यो । दशैको बेला यस्ता ठुलो झरि पहिले पटक अनुभव गरे ।
२२ गते शनिबार बिहान ५ बजे तयारी भएर यात्राको लागि प्रस्थान गर्यौ । यसदिन हाम्रो यात्रा काठमाडौं धरान सम्म ३९३ कि.मी. को थियो । यस यात्रा करिव १२ घण्टाको हुन्थ्यिो । चिया पिउन ६ः४५ मा धुलिखेल पुग्यौ । बि.पि कोइरालाको स्मरंणमा जापान सरकारबाट निर्मित नमुना सडक आफैमा ख्याती प्राप्त र छुट्टै महत्वको थियो । धुलिखेलबाट खुर्कोट हुदै सेल्फिडाँडा पुग्दा बिहानको १०ः१५ बजेको थियो । सडककै छेउमा गाडिहरु राख्न मुस्किल थियो ।

डाँडोमा रहेको सेल्फि स्थल सबै यात्रुहरुले भरिभराउ थियो । एकहिसाबले यस ठाउ एक पर्यटकिय स्थलनै बनेको अवस्था रहेछ । स्ंमरणको लागि हामिले पनि सेल्फि लिएर खाना खान कमलामाई सिन्धुलि चियाबारीमा बिश्राम गर्यौ । चियाबारी खानाको लागि राजमार्गको मुख्य जक्सन रहेछ । ११ बजे खाना खाने समय ठिक्क भएको थियो । सिंन्धुलि बजार हुदै बर्दिबास जाने मुख्य सडक छोडेर हामी भिमानबाट मध्य पहाडी लोकमार्गको बाटो हुदै उदयपुर गाईघाट तर्फ लाग्यौ । यसपटक सिंधुलिगढि हेर्ने रहर समयको अभाबले पुरा हुन सकेन ।
गाईघाट पुग्दा दिनको २ बजेको थियो । ३ बजे उदयपुरको पुरानो बजार बेल्टार पुग्यौ । बेल्टार बजार पहाडी जिल्ला खोटाङ्गबाट ल्याउने सुन्तला, अम्रिसो, घिउँ, रिठ्ठ अनि राँगो, बोका, कुखुरा, खसिहरु ल्याएर बिक्री गर्ने प्रमुख ब्यापारिक केन्द्र थियो । यसै गरि तराईबाट तरकारी, चामल तेल जस्ता दैनिक आवश्यक घरायसि सामान बिक्री गर्ने केन्द्र थियो । अहिले यातायातको कारणबाट पहिलेको बिहिबार लाग्ने हटिया पनि बिस्थापित भएछ ।
पहाडबाट आउने खसिबोका लाहान पुग्थो । तराईको चामल तेल नुन पहाड पुग्थ्यो । बेल्टार बजारमा भान्जा राजकुमार तिम्सीना भान्जासँग बसेर चिया खाएर त्यहाबाट ३ः३०मा सप्तकोशी तर्फ लाग्यो । सप्तकोशिको हुदै धरान ५ः१५ मा पुगेर प्रसिद्ध शक्तिपिठ, दन्तकालि मन्दिर बुढासूब्बा पिण्डेश्र्वर महादेव दर्शन गरि वि.पि कोइराला प्रतिष्ठान घोपा क्याम्प घुमेर रात्री बिश्राम उद्योग वाण्ज्यि संघको गेष्ट हाउसमा गयौ ।
२३ गते आईतबार बिहान ५ बजे तयारि भएर हामी धरानबाट इटहरी तर्पm लाग्यौ । हाम्रो आजको यात्रा २२५ कि.मि थियो । धरानबाट इटहरी विर्तामोड चारआलि हुदै कन्याम फिक्कल , इलाम, पाँचथर हुदै ताप्लेजुङ्ग, फुङलिङ सम्मको थियो । आजको यात्रा करिब १२ घण्टा गाडीमा र पैदल २ घण्टाको दुरि तय गर्नु थियो । ८ः४५ बिहानमा इलामको कन्याममा चिया पियर फिक्कल, माईखोला किनार हुदै इलाम हुदै ,खाना खान प्रसिद्ध राँकेबजार ११ः३०मा पुग्यौ । राँकेबजार इलामको रमणिय, पर्यटकिय स्थल साथै व्यापारि केन्द्र पनि रहेछ इलाममा उत्पादिल प्रसिद्ध किवि अकवरे सुर्सानी, छुर्पि, तरकारी, नौनि घ्यूको लागि राँकेबाजर प्रमुख केन्द्रनै रहेछ ।

खाना खाएर पाँचथरको सदरमुकाम फिदिम बजार हुदै ताप्लेजुङ्गको सदरमुकाम फुङलिङ बजार पुग्दा ४ः४५ मिनेट बजेको थियो । गोरखाबाट मथ्थर भएको पानी २३ गते पुनः ताप्लेजुङ्ग पुग्दा पुन सुरु भयो । ताप्लेजुङ्ग उद्योग वाणिज्य सँघका अध्यक्ष नारायण थापा ज्यूले जिपमा ४ सिट रोकेर ठिक्क बनाइदिनू भएको रहेछ । पानीले बाटो झनै बिगारेर धेरै अप्ठेरो बाटोमा सानो फेदि सम्मको प्रति व्यक्ति रु.४००।– भाडाा मनासिव लाग्यो । ७ः३० रात्री सानोफेदि पुगेर पानीबाट बच्न ओड्ने प्लास्टीक, अध्यारोको लागि टर्च लाइट र लौरोको ब्यावस्था गरि रात्री ८ बजे ठुलो झरी दर्केको पानीको पर्वाह नगरि भोलि विहानको यात्रा सहज बनाउन ठुलो फेदि सम्म गयर बाँस बस्ने भनेर निस्कयौ ।
ठुलो पानी परेकोेले जिपमा हामि सँगै आएकाहरु गाह्रो भएर सानो फेदिमानै बास बस्यो । ठुलो फेदिमा बासस्थानको लागि संम्पर्क गरेर कोठा भनि राखेको भएर रात्रीको लागि केहि समस्या नभए पनि अन्धकार अनि झरिको पर्वाह नगरी जिपमा आएको २ जना युवा भाई समेत ६ जना अगाडि बढ्यौ । निष्पट अन्धकारमा ठाडो उकालो, झरिको बिचको यात्रा एक हिसाबले असहज थियो । तर भोलिको लागि बाटो सजिलो छोट्टाउन यो सहि निर्णय पनि ठहरियो रात्रीको बाटो सानो फेदिबाट १ घण्टा ३० मिनेट ठुलो फेदि पुग्यौ ।
ठुलो फेदिमा पन्चकन्या कालिका होटलका संचालक भट्टराइ जि सँग पहिलनै सम्पर्क गरेर सजिलो भयो । तातोपानी, सौचालय, खानाकोे ठिकै ब्यवस्था रहेछ । यातायतको पहुच नभएको ठाउँमा यात्रुलाई त्यो ब्यवस्थाले धेरै नै राम्रो गरेको रहेछ । भोकको खाना थकाईको निन्द्रा त्यो भन्दा ठुलो के हुन्छ भने झै खाना खाएर रात्री विश्राम गरेर ११ः३०मा निन्द्रादेवीको काँखमा पुग्यौ ।
विहान ३ः३० बजे देखि मन्दिर पुग्नेहरुको हल्ला खल्लाले हामी पनि ५ बजे फ्रेस भएर माताको दर्शन गर्न तयारी भयौ । आगामी वर्षमा सानो फेदिबाट नै मन्दिर सम्म केवलकारको निर्माण गर्ने कुराले ठुलो फेदिका होटल लगानि र ब्यवसाय लाहि ठुलो असर पर्ने र ब्यबसाय चौपट्ट हुने कुराले पिर परेको दुखेसो भलाकुसारी गरियो ।
२४ गते सोमबार शिवजिको शुभदिन । बिहानको ५ बजे तयारभएर निस्कदा बाटो भरि मन्दिर उकलनेको बाकलो भिड जस्तै भैसकेको थियो । कोहि त सानो फेदि देखि माथिनै अहिसकेको रहेछ । जिपमा भेट भएको २ जना गोदावरि काठमाडौंबाट आएका भाईहरुले साथ दिएर अगिल्लो रातको त्यो यात्रा र बिहानको यात्रा हामीलाई धेरै सहज भएको थियो । ठुलो फेदिबाट सुरु भएको हाम्रो हिडाई साह्रै रमाइलो हुदै थियो ।

सबैसँग बोल्दै कुरामा कुरा गर्दै अगाडि बढन सहज भएको थियो । ठूलो फेदिबाट ठाडै उकाला्े उकालो बाटो चिसो चिसो हुदाँ अझ हिड्न हामी पहाडको मान्छेलाई सहज जस्तै लाग्यो । अलि पछि मंसीर, पौष, माघ महिनामा धेरै चिसोले लगभग तिर्थालुहरु आउन नसकक्ने हुदा बेसिजन हुदो रहेछ ।
हाई अल्टिच्युट स्वाँस फेर्न गाह्रो चाही फागुन, चैत र वैशाखमा धैरै हुदो रहेछ । बाटोमा केटाकेटि, वृद्ध बुढाबुढी सकिनसकि माताको दर्शन गर्न निक्कै जाने रहेछ । कोहि कोहि मनले माँगेको चिताएको पुग्छ भन्ने विश्वासमा सानो फेदि देखि धागो वत्ति काट्ने रोल लिएर बाटोको दायाँ तर्पm पोल, बारहरुमा टाङदै मन्दिर सम्म पुग्याउने गर्दाे रहेछ । बोका चढाउनेहरु पनि हुदो रहेछ । बाटोमा अशक्त असहायहरुलाई मन्दिर सम्म बोकेर पु¥याउने दर्ता भएका भरिया परिचयपत्र लिएका धेरै हुदो रहेछ ।
तल्लो फेदिबाट मन्दिर सम्म प्रति के जि २००।– ले मान्छे बोक्ने रहेछ । ५० केजिको मान्छे को रु १००००।– पर्ने रहेछ । विचबाटो बाट बोकेको त्यहि अनुुसारको रेट हुदो रहेछ । जे होस मान्छ एक्लो रित्तो हिड्न नसक्ने अवस्थामा पनि ठूलो सेवा सुविधा उपलब्ध गराएको देखियो । पानीले घाटि भिजाउदै अदुवाँ चपाएर कोही सातु (मकैका) खादै उकालीदा लेक नलाग्दो रहेछ ।
सामान्य स्वस्थ्य मान्छे ठूलो फेदिबाट २ घण्टा देखि २ घण्टा ३० मिनेटमा पुग्दो रहेछ । हामी विस्तारै उक्लदापनि सजिलो सँग २ः४५ मिनेटमा पुग्यौ । मन्दिर पुग्दाको आनन्द भनि साध्य छैन । खुल्ला मैदानमा माताको मन्दिर दर्शन गर्दा सारा दुःख पिडा बिर्सेदो रहेछ । खुल्लामैदान पाथिको तल्लो भाग जस्तो आकारमा पैmलेकोले पाथीभरा को नाम रहेको रहेछ । खुल्ला मनोरम हिमालहरुले अझ आननद दिन्छ । खुल्लामैदानमा अवस्थित भएको माताकाृ मन्दिरमा धेरै भिडभााड नहुदो रहेछ ।
धेरै समय बस्न त्यति सहज नहुदा यात्रुहरु आउने जाने क्रँमले गर्दा दर्शन गर्न सहज छ । पाथीभरा माता साक्षत देविको रुपमा पूर्वाञ्चल भरि प्रख्यात रहेछ । महिमा देशविदेशमा पेगेको कारण छिमेकि देश भारतबाट समेत ठूलो संख्यामा दर्शन गर्न आउदो रहेछ । १ः१५ मिनेट सवाघण्टा पुजा आजा गरेर फर्किदा ओरालो बाटो हिड्न उकलदा जस्तै गाह्रो हुदो रहेछ । दर्शन गरेर फर्किदा ठुलो फेदि अहिपुग्दा ११ः१५ भएथ्यो । सानो फेदिबाट पुनः जिप चढेर फुङलिङ आउदा दिनको १ः३० बजेको थियो । खाना खाएर पाँचथर फिदिम बजारबाट १५ कि मि अगाडि लालिखर्कमा रात्री विश्राम गरियो ।
पाँचथर उद्योग वाणिज्य सँघका पूर्व अध्यक्ष मेरो समकक्षि अध्यक्ष श्री शुुभराज थापा बाट सल्लाह भए अनुसार रात्री विश्रामको लागि राजमार्गको छेउमै प्राकृतिक मनोरमले भरिपूर्ण भर्खरै खोलेको होटल लालि लालिखर्क साच्चै नै उत्र्कष्ट रहेछ । त्यस्तो पहाडि स्थानमा पनि सरल मुल्य स्तरिय सेवाको लागि होटल लालिको प्रसँसा गर्न उचित लाग्यो । विहानको सूर्याेदय, पहाडहरुको दृष्य साच्नै उत्कृष्ट रहेछ ।
२५ गते मंगलबार बिहानको नास्ता इलामको राँके बजारमा भयो । राँकेबजारमा नास्ताको राम्रो प्रवन्ध रहेछ । इलामको किवि सँगै जिवन संगिनि उमाको जन्मोत्सब किवि सुवाएर गरियो । बाटोभरि हरेकको आँगन बारीमा अम्रिसोको बोट अनि किवि, अकवरे खुर्सानी, मुला, साग, नौनि, स्कुस जस्ता नगदे तरकारी देख्दा नेपालकै धनि मानिसहरुको जिल्ला भनेर इलामलाई त्यसै भनिएको हैन रहेछ भन्ने लाग्यो ।
इलामबजारमा नेपालको पहिलो पुरानो चिया प्रसोधन केन्द्र र चिया वगान निरिक्षण गरियो । इलामचोक बजारमा उद्योग वाणिज्य संघकाक अध्यक्ष श्री ईश्वरलाल चिपालु ज्यू सँग भलाकुसारि गरि कन्याम तर्पm निस्कियौ । कन्याम आउदा बाटोमा पर्ने प्रसिद्ध केन्द्र फिक्कलमा स्वादिष्ट खाना खाइयो । न्यूनतम दरमा स्तरिय खाना पूर्वको नमुना हो । स्थानिय उत्पादन चिया, छुर्पिहरु मायाँको कोशेलि बोके अगडि बढ्यौ ।
कन्याम आउदा कतै यूरोप स्वीरजरल्याण पुगेको जस्तो लाग्दै थियो । कन्याम जति पटक गएपनि नअघाउने मनोरम स्थल हो । हल्कावर्षाद र हुस्सुले वातावरण राम्रो मौसम नभएता पनि संझनाका २,४ फोटो कैदगरेर अगाडि बढ्यौ । कन्याम पर्यटकिय प्रमुख स्थलको रुपमा दिनावुदिन प्रख्याति हुदै गएको छ । गाडि राख्न समेत ठाउको अभाव हजारौं पर्यटकको भिडभाडले कन्याम एउटा महोत्सव स्थल जस्तै देखिन्थ्यो ।
चारआलि , विर्तामोड, इटहरी साप्तकोशी हुदै बरमझिया आउदा साँझको ५ः३० भएको थियो । सबै पसलको साइनवोर्डमा असलि पेडा भण्डार, पुरानो पेडा भण्डार, जेठो पेडा भण्डार देख्दा कहाँ बस्ने, कुुनमा पस्ने दोधार हुदोरहेछ । पेडाको स्वाद लिएर एकछिन विश्राम गरेर रात्री ९ बजे वर्दिवास विश्राम गर्न आईपुग्यौ ।
२६ गते बुधबार वर्दिवासबाट चिया पियर ६ बजे निस्केर पथलैया हुदै नारायणगढमा खानाखाएर गोरखा आउदा ५ बजे बेलुकि भएथ्यो । यसरी १ हप्ताको धार्मिक यात्रा सफलता साथ पुरा गरियो ।
पथिभरा माताको उत्पत्ति सम्बन्धी किम्बदन्ती
परापूर्वकालमा पाथीभरा आसपासमा भेडीगोठ थियो । एकदिन गोठबाट अचानक अप्रत्यासित रुपमा भेडाहरु एकाएक गायब भएछन् । यस्तो अकल्पनिय घटनाले सव स्तब्घ र हतप्रद भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पत्तिस्थल र आकृतिको वोध गराउदै भेडा बलि सहित पुजा अर्चना गर्न भन्नु भएछ गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिपूर्व पुजा अर्चना गरि राम्रो भेडाको थुम्बा बलि दिएछन् । बलि के दिनु थियो हराएका भेडाहरु जस्ताकाृ त्यस्तै पहिलाकै ठाँउमा देखा परे ।
त्यो भन्दा वडो आश्र्चयको कुरा बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झै हराउन पुग्यो । यो आश्र्चय देखेर देवीको जयजयकार गरे । यहाँ आश्चर्य के छ भने पाथीभरा देवीलाई दैनिक सयौको संख्यामा भेडा बोका पाठीको बलि चढाइन्छ तर बलिस्थलमा रगत जम्नु पर्ने मा त्यसो नहुदा रक्तकालि देवी पाथीभराले भक्तजनहरुले चढाएको बलि सहर्ष स्नेहपूर्वक ग्रहण गरि मनोकाँक्षा पुरा गरि दिन्छन भन्ने प्रसिद्ध छ ।

पाथिभरा मन्दिर हिन्द एंव वौद्ध धर्मालम्बीहरुको पनि महत्वपुर्ण धार्मिक स्थल हो । १२ हजार फिट ३८०० मिटर उचाईमा अवस्थीत छ । फुङलिङ बजारबाटपैदल १ दिनमा पुगिन्छ । मन्दिरमा वर्षभरिनै भक्तजनको घुइचो लाग्दछ। मंसिर पौष माघ महिना धेरै चिसो हुने हुदा त्यससमय कम हुुन्छ । अन्न भरेको पाथी झै सुन्दर मनमोहक आकृति बोकेको पाथिभरा पहाडको भिरमा देवीको उत्पति भएकोले देवीको नाम “पाथिभरा देवी” भनि श्रदाले पुकारिन्छ । लिम्बु सम्प्रदायले मुकनु अर्थात शक्ति वा बल बुङको अर्थ बोट भन्न जनाउनाले मुकत्तवुङ भनेर चिनिन्छ । लिम्बु जातिहरुले शक्ति बा बलको श्रोत वा बाटोको रुपमा प्रकट गर्ने गर्दछन् ।
पाथीभरा देवी विश्वास आस्था एंव पवित्र देवी हुन् । त्यसैले एकपटक सबैमा पाथीभरा जान इच्छामनमा रहेको हुन्छ । धाममा जात धर्म लिङ्ग भेदभाव छैन । गर्भवति, रजस्वला, बरखी बारेको , मनमा पाप बोकेको मान्छे जान नहुने प्रचलन छ । पशु वलि अनिवार्य नभए पनि मिठाई नरिबलको भोग चढाउछन् । सौन्दर्भ प्रसाधनका सामग्री अनिवार्य चढाउछन् । आगनमको भिरालो फाँटहरुमा चिप्लेटी खेल्न मन लाग्छ ।

हिमशृखलाहरुको अलौकिक दृब्यले स्वार्गय आनन्दको अनुभुत हुन्छ । दक्षिणबाट उत्तरतर्फ केहि ओह्रालिएर गएको चउरीलो फाँटको ठिक पूर्वपछि अत्यन्तै कहालिलाग्दो भीरको शिरानमा सबै श्रदालुभक्तजनहरुको मनोकाँक्षा मागेको कुरा पुरा गरिदिने देवी पाथीभराको मन्दिर अवस्थित छ । भनिन्छ यहा रहेको पाथीभरा देवीको नया प्रतिमा नेपाल भरिकै सबभन्दा अग्लो ८ ६ भगवतिको प्रतिमा हो । एकपटक सकेमा दर्शन गरौ जय पाथीभरा माईकि जय ! ! !
धन्यवाद : थप जानाकारी आवश्यक भए –९८५६०२४९१९




