| सोमवार, कार्तिक २३, २०८३

हावाडाँडा–लार्के सडकको धार्चे खण्डमा ढुङ्गाले लागेर मजदुरको मृत्यू

गोरखाको धार्चे गाउँपालिका ३ कालिपहिरोमा ढुङ्गाले लागेर बुधवार एक मजदुरको मृत्यू भएको छ ।

नेपाली सेनाले ट्रयाक खोल्दै गरेको हावाडाँडा– लार्के सडक खण्डको तातोपानी नजिकै काम गर्ने क्रममा लमजुङ घर भएका ४६ वर्षिय ओमबहादुर गुरुङको मृत्यू भएको हो ।


सडक निर्माण गर्दै गर्दा माथिबाट ढुङ्गा खस्दा गुरुङको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।

शव आरुघाटमा ल्याएर पोष्टमार्टम गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्