
गोरखामा टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
गोरखा नगरपालिका(८ बराह मन्दिर नजिकै ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । सोमवार राति गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ त ४८७८ नम्बरको टूयाक्टर सडकबाट करिव ३० मिटर तल खसेर दुर्घटना भएको जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक आरुघाट गाऊँपालिका मान्बु घर भै हाल गोरखा नगरपालिका ५ सतिपिपलमा डेरा गरी बस्ने ३६ वर्षका राजु गुरुङको मृत्यु भएको हो ।
गोरखा अस्पतालले थप उपचारका लागि चितवन रिफर गरेकोमा उपचारकै क्रममा ज्यान गएको जिल्ला टूाफिक प्रहरी कार्यालयका प्रमुख बेदराम भण्डारीले बताए ।
सहचालक गोरखा नगरपालिका ८ घर भएका ४३ वर्षका खुसबहादुर थापाको अवस्था सामान्य रहेको छ । टूयाक्टर पल्टिंदा स्थानीय बासिन्दाको गोठमा क्षति पुगेको र एउटा बाख्रा मरेको प्रहरीले जनाएको छ ।




