| सोमवार, कार्तिक २३, २०८३

मान्बुमा शव भेटियो

गोरखाको आरुघाट गाऊँपालिका १ मान्बुको तीनखोपुवा ढुंगास्थित वनमा पुरुषको शव फेला परेको छ । स्थानीय पोत्लबी सामुदायिक वनमा पहिचान खुल्न नसकेका अन्दाजी ३५/४० वर्षका पुरुषका े शव फेला परेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रामजी देवकोटाले बताए ।

वनमा शव देखिएको खबर मंगलवार पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो । अनुहार चिन्न नसक्ने गरी सडेगलेको अवस्थामा शव फेला परेको र पहिचानको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

खैरो हाफ टिशर्ट, निलो जिन्स पाइन्ट, कालो नाइक लेखेको चिन्ह भएको खैरो जुत्ता र कम्मरमा अंग्रेजी अक्षर जी लेखेको बेल्ट लगाएको अन्दाजी ३५/४० वर्षका पुरुष मानिसको शव फेला परेको हो ।

शव पोष्टमार्टमका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको छ । मृतकको सनाखतका लागि हुलिया सहितको विवरण प्रहरी कार्यालयहरुमा पठाइएको देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्