| सोमवार, कार्तिक २३, २०८३

गुण्डाराजलाई प्रश्रय नै हो र ?

जब दण्डहीनता मौलाउँछ तब गुण्डाराज फैलाउँछ । जब गुण्डाराज फैलन्छ, तब अराजकता बढ्छ ।
राज्यलाई अराजक बनाउने कि, कानूनी राजको प्रत्याभूति दिलाउने ? जवाफ सबैको चाहना हो ।

गत कात्तिक ६ गते गोरखा अस्पतालका चिकित्सक ड्युटीमा रहेका बेला कुटिए । घटनामा संलग्नको खोज अनुसन्धानको क्रममा प्रहरीले लक्ष्मीबजारका २८ वर्षका समीर कुँवर र १९ वर्षका अनुप बस्नेत र नारेश्वरका २६ वर्षका प्रमोदजंग कुवँरलाई पक्राउ ग¥यो ।

कार्यकक्षमा ढोका थुनी चुकुल लगाएर डाक्टरमाथि कुटपिट गर्ने हुल्लडबाजविरुद्ध प्रहरीले हातपात तथा दुव्र्यवहार गरेको व्यहोरामा मुद्दा चलायो । कुटपिट शीर्षकमा मुद्दा चलाएर हदैसम्मको कारबाही गर्नुपर्ने चिकित्सकहरुको माग छ तर दुव्र्यवहार गरेको व्यहोरा बनाई घटनाको प्रकृतिभन्दा फरक शीर्षकमा मुद्दा दर्ता गरेको छ ।
यसले गुण्डाराजलाई प्रश्रय भएन र ?

अस्पताल जस्तो संवेदनशील स्थलमा ड्युटी गरिरहेका चिकित्सकमाथि कुटपिट गर्नेलाई ‘दुव्र्यवहार गरेको’ बनाएर मुद्दा दर्ता गर्नु पिडितलाई आँखामा छारो हाल्ने काम हो, पिडितलाई थप पिडा र पिडकलाई राहत दिने काम हो ।

केही बर्षदेखि नेपालमा एउटा समस्या छ, दोषीलाई कानून प्रदत्त कारबाही गर्नबाट जोगाउन राजनीतिक दलका नेता हात धोएर लाग्छन् । दोषी पक्राउ परेर थानामा नआइपुग्दै प्रहरी र प्रशासनले दर्जनौँ टेलिफोनको सामना गर्नुपर्छ । दोषीलाई पक्राउ गर्दा सज्जनलाई कारबाही गर्न लागेको सरह प्रतिरक्षा गर्ने काम हुन्छ ।

उद्दण्ड र उछृङ्खललाई दुरुत्साहन गर्नुका सट्टा प्रोत्साहन गर्ने काम कतिपय दलका कतिपय नेताद्वारा हुने गर्छ । जसले गर्दा पिडित निन्याउरो भएर हिड्नुपर्छ, दोषी त्यस्ता नेताको आडमा शीर ठाडो पारेर दम्भका साथ हिँड्छ । यस्ता गतिविधिले मुलक कुन दिशातर्फ जान्छ ? सोचनीय विषय छ ।

प्रतिक्रिया दिनुहोस्