| मङ्लबार, कार्तिक २४, २०८३

उत्तरी गोरखाको दुर्गममा उद्धारका सारथी राजेन्द्र बजगाई, रक्तश्राब भएका बिरामीको उद्धार

गोरखाको धार्चे गाउँपालिका ३ उहियाका एक बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुईदिनदेखि नाक र मुखबाट रगत बगेर बिरामी भएका ६३ वर्षीय पूर्णबहादुर घलेको अन्नपूर्ण हेलिकप्टर सर्भिसमार्फत मंगलवार उद्धार गरिएको उनका आफन्त श्रीलाल गुरुङले बताए । घलेलाई थप उपचारकालागि काठमाण्डौँको टिचिङ हस्पिटल लगिएको छ ।

‘बिहानैदेखि हेलिकप्टर खोज्यौँ, हामीले मगाउन सकेनौँ’, उनले भने, ‘गोरखा १ बाट प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र बजगाईलाई फोन ग¥यौँ । उहाँले हेलिकप्टर कम्पनीसँग समन्वय गरिदिनुभयो । अनि हेलिकप्टर आयो ।’ हेलिकोप्टर खोज्न नसकेपछि उहियाबाट बिरामीलाई पाँचघण्टाको बाटो डोकोमा बोकेर खोर्लाबेसी ल्याइएको थियो ।

खोर्लाबेसीसम्म ल्याउँदा रगत बग्ने क्रम नरोकिएको र झनै बिरामी सिकिस्त हुन लागेपछि हेलिकप्टरका लागि हारगुहार गरिएको उनले बताए ।

उत्तरी गोरखाको धार्चे र चुमनुब्रीका गाउँबस्ती सडक सञ्जालले जोडिएका छैनन् । दुर्गम भेगमा सुत्केरी, गर्भवती, गम्भिर घाईतेको उद्धारमा यसअघिदेखि पर्यटन ब्यवशायी एवं समाजसेवी राजेन्द्र बजगाईले हेलिकप्टरबाट छिटो खोजिदिने र सहज उद्धारमा सहयोग गर्दै आएको स्थानीय बताउँछन् । ‘यस अघि पनि यहाँ हेलिकप्टर चाँहिदा हामीले मगाउन नसक्दा उहाँलाई फोन गर्ने गरेका थियौँ, उहाँको समन्वयमा उद्धार, उपचारमा सहज भएको छ’ श्रीलाल गुरुङले भने ।

बजगाईले भने आपूm चुनावी अभियानका क्रममा घरदैलोमा मतदाता भेट्ने क्रममा रहेको बताउँदै भने, ‘त्यहाँका स्थानीयले सहयोग अपिल गरेकाले सामाजिक भावनाले पहिलेदेखि गरिआएको कामलाई निरन्तरता दिएको हुँ, उम्मेदवारको हिसाबले केही गरेको छैन, त्यो एक सर्वसाधारण जीवन बचाउने मानवीय काम मात्र हो ।’

प्रतिक्रिया दिनुहोस्