| सोमवार, कार्तिक २३, २०८३

वडाअध्यक्ष रानाको रामशाहघाटमा अन्त्येष्ठी


गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर रानाको शुक्रबार अन्त्येष्ठी गरिएको छ ।

केही समय गोरखा अस्पताल प्रांगणमा र त्यसपछि मदन आश्रित स्मृति भवन(नेकपा एमाले पार्टी कार्यालय) चाइनिज धारामा श्रद्धाञ्जली सभापछि अपरान्ह तीनबजे परम्पराअनुसार अन्त्येष्ठी गरिएको हो । अन्त्येष्ठीका लागि शुभेच्छुक, शुभचिन्तकहरु मझुवा देउरालीस्थित रामशाहघाटसम्म शवयात्रा गर्दै गएका थिए ।


वडाअध्यक्ष राना मगरको भाइटिकाको दिन(बिहिबार) बेलुका करिब साढे ७ बजे असामयिक निधन भएको थियो ।

घरमै बसिरहेको बेला साँभ एक्कासी लडेर बेहोस भएपछि गोरखा अस्पताल पु¥याइएपछि उनलाई गोरखा अस्पतालले मृत्यू भइसकेको घोषणा गरेको थियो ।

राना मगर युवा संघ नेपालका केन्द्रिय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्