
नवौँ राष्ट्रिय खेलकुद : कराँतेमा गोरखालाई चार पदक प्राप्त
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कराँतेमा गोरखाले चार पदक प्राप्त गरेको छ । गण्डकी प्रदेशको पर्वतमा भएको कराते प्रतियोगितामा गोरखाले चार प्राप्त गरेको हो ।
गोरखाबाट कुमुते फाइट तर्फ ५० केजी तौल समूहमा बुद्ध लामाले कास्य पदक जितेको खेलकुद विकास समिति गोरखाको प्रमुख कराँते प्रशिक्षक ग्याम्जो लामाले बताए । कुमुते फाइट तर्फ ६० केजी तौल समूहमा सक्षम लामाले रजत पदक प्राप्त गरेको उनले जानकारी दिए ।
त्यस्तै, तीन विभागीय टिम र सात प्रदेश गरी १० टिम बीच भएको टिम फाइट तर्फ गण्डकी प्रदेशले दोस्रो स्थान हाँसिल गरेको छ । सो प्रतियोगितामा गण्डकी प्रदेशबाट गोरखाका सक्षम लामा र विशाल थापा सहित सात जना खेलाडीले भाग लिएका थिए । खुल्ला टिम फाइट तर्फ गण्डकी प्रदेशको दोस्रो हुँदै रजत पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक लामाले जानकारी दिए ।
टिम फाइटमा महिला तर्फबाट गोरखाका अनिता घले सहितको टिम पनि सहभागी थियो । एकताबद्ध देश, खेलकुदको सन्देश, नवाँै राष्ट्रिय खेलकुदका २०७९ भन्ने नारा सहित गत असोज २८ गतेबाट पर्वतमा सुरु भई कात्तिक ३ गते पोखरामा सम्पन्न भएको थियो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गोरखाका चार जना सहित गण्डकी प्रदेशबाट २९ खेलाडीले सहभागिता जनाएका थिए । प्रशिक्षक ग्याम्जो लामा र सुरेन्द्र गुरुङ दुई गण्डकी प्रदेशका खेलाडीहरुलाई एक महिना बन्द प्रशिक्षण दिएको थियो ।







