
चुमनुब्रीका ६ वटा वडामा खाद्यान्न पु¥याऊ
राजधानीको नजिक भएर पनि गोरखाको चुमनुब्री गाउँपालिका कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा, दार्चुला जिल्लाका बिकट गाउँ भन्दा फरक छैनन् । सदरमुकामबाट ५२ देखि ५५ कोश टाढासम्म रहेका ती गाउँ पुग्न गाडीबाट ओर्लेर पनि चार दिनसम्म हिड्नुपर्ने अबस्था अहिले पनि छ ।
चुमनुब्री गाउँपालिका अहिलेसम्म सडक सञ्जालले जोडिएको छैन । सेनाले खनेको ट्रयाक पनि बर्खामा नाम निशाना नरहने गरी पहिरिएर खस्छ । अनि स्थानीयबासी डोरीमा समात्दै, निगालाको टुप्पा समात्दै, भ¥याङ चढ्दै हिड्न बाध्य हुन्छन् । ३०÷४० बर्ष अघि भोटे नून बोक्दा हिडेको बाटो हिँड्न बाध्य छन् ।
चुम उपत्यका जाने बाटो त झन ठप्प छ । लोक्पा पहिरो, सर्दी पहिरो र क्याण्टिलिभर क्षतिग्रस्त भएपछि चुम्चेत र छेकम्पारका बासिन्दाको जनजीवन कष्टकर छ । खाद्यान्न अभावको अबस्था छ ।
गतबर्ष यस्तै अबस्था हुँदा सरकारले हेलिकोप्टरबाट चामल ढुवानी गरेर गाउँगाउँमा पु¥याएको थियो । थोरै भए पनि राहत महशुस भएको थियो । तर यसबर्ष त्यसतर्फ पहल भएको छैन । गाउँपालिकाका अध्यक्ष निमा लामाले प्रचण्डसितको जिल्लामा भएको भेटमा पनि यसबारे ध्यानाकर्षण गराए । मंगलबार काठमाडौँ गएर पनि प्रचण्डलाई भेटेर खाद्यान्न ढुवानीको व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए ।
चामलको मूल्य तिर्न स्थानीयबासी तयार छन् तर सरकारले ढुवानीको व्यवस्था मिलाइदिनु जरुरी छ ।
यो त तत्कालीन समाधानको उपाय मात्र हो । यहाँको जनजीवनलाई सहज बनाउन सरकारले हिउँद बर्खै हिँड्न मिल्ने पक्की बाटो बनाइदिनु जरुरी छ । यहाँका बासिन्दाका लागि सँधै सबैभन्दा ठूलो समस्या बाटोकै हुने गर्छ । न डबल लेनको सडकको माग, न रेलको बाटोको माग, केवल हिउँद बर्खै हिड्न सकिनेखालको बाटो बनाइदिन स्थानीयबासीको जोडदार माग छ ।




