| आइतवार, कार्तिक २२, २०८३

भिमसेन थापा ८ महादेवटारमा एकलाख रुपैयाँ पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै

गोरखाको भिमसेन थापा गाउँपालिका ८ महादेवटारमा एक लाख रुपैयाँ पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदैछ । कात्तिक १२ गतेदेखि ‘तेस्रो महादेवटार फुटबल कप’ हुन लागेको क्लवका सचिव गोपाल कुमालले बताए ।

खेलमा सहभागी हुन चाहने टिमले कात्तिक ५ देखि ११ गतेसम्म टिम दर्ता गराउन सक्नेछन् । सेभेन ए साईड हुन लागेको उक्त प्रतियोगितामा १० जना खेलाडी र एक जना कोच सहभागी हुने अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए ।

टिम दर्ता शुल्क नौ हजार पाँच सय लाग्नेछ । बिजेताले एक लाख नगदको साथमा ट्रफि, मेडल, प्रमाण पत्र पाउनेछन् भने उप बिजेताले नगद ५० हजार पाउनेछन् । उत्कृष्ट खेलाडी, गोल रक्षककालागि पनि आकर्षक पुरस्कार रहेको आयोजना क्लवका कोषाध्यक्ष सरोजले बताए ।
फुटबल खेलको बिकास र ग्रामिण भेगमा रहेका प्रतिभा उजागर गर्न प्रतियोगिता गरिएको क्लवले जनाएको छ । महादेव शान्ति युवा क्लवले बिभिन्न खेलकुदका गतिविधी सँगै सामाजिक काम पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्