
सत्रसयमा प्रथम खुल्ला पुरुष डबल ब्याडमिण्टन प्रतियोगिता हुने
दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आउँदो शनिबार सत्रसय फाँटमा प्रथम खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सत्रसय आँधिमुल ब्याडमिन्टन क्लबले आयोजना गर्न लागेको सो प्रतियोगितामा स्थानीय तहका बी र सी लेभलका खेलाडीहरुको सहभागी हुने आयोजकले जनाएको छ ।
लिग कम नकाउट शैलीमा खेलाइने सो प्रतियोगितामा प्रथम तथा द्वितीय हुने टीमलाई टूफी, पदक तथा नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय हुने टीमलाई पदक, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने क्लबका संयोजक कर्णबहादुर गुरुङले जानकारी दिए ।
आँबु खैरेनी गाउँ पालिकाको मुख्य प्रायोजनमा संचालन हुन गइरहेको सो प्रतियोगितामा प्रत्येक टीमबाट एकहजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।




