| आइतवार, कार्तिक २२, २०८३

बोर्लाङमा सम्पन्न भलिबल प्रतियोगितामा साँढे १६ लाख खर्च

बोर्लाङ खेलकुद बिकास समितिले यहीँ असोज १२ गतेदेखि १६ गतेसम्म आयोजना गरेको गण्डकी प्रदेश स्तरीय अन्तरजिल्ला खेलकुद प्रतियोगिता सम्पन्न गर्न १६ लाख ३८ हजार ६२० रुपैया खर्च भएको छ ।

समितिले बुधबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता भएको खर्च बिबरण सार्वजनिक गरेको हो । प्रतियोगितामा पुरस्कार, अफिसियल खर्च, मेस लगायतको शिर्षकमा खर्च भएको समितिका अध्यक्ष निराजन श्रेष्ठले जानकारी दिए ।

उनले प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश अन्तरजिल्ला पुरुष भलिवल, महिला भलिवल र भीमसेन थापा गाउँपालिका भित्रका वडा स्तरीय पुरुष भेट्रान्स प्रतियोगिताको पुरस्कार बापत ४ लाख ६२ हजार २ सय रुपैया खर्च भएको बताए ।

प्रतियोगिता सञ्चालनका लागि भीमसेन थापा गाउँपालिकाले ३ लाख रुपैया, भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ ले २ लाख ५० हजार, वडा नम्बर ८ ले ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बिदेशमा रहेका तथा स्वदेशमा रहेका खेलप्रेमी र शुभचिन्तकहरुबाट ८ लाख ४५ हजार ९ सय २० रुपैया आर्थिक संकलन भएको बताए । कुल १३ लाख ४५ हजार ९२० रुपैया संकलन भएको र १ लाख ३४ हजार ३४४ रुपैया उठ्न बाँकी रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्