
गोरखा ७ जनाले उम्मेदवारी फिर्ता लिए
गोरखामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यो सँगै दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा ४९ जना उम्मेदवार बाँकी भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै गोरखा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छिन् । उनका श्रीमानले वारेस मार्फत उम्मेदवारी फिर्ता लिइएका निर्वाचन अधिकृत नादरप्रसाद भट्टराईले बताए । यससँगै प्रतिनिधि सभामा उम्मेदवारको संख्या माओवादी केन्द्रका अध्यक्ष दाहाल सहित १२ कायम भएको छ ।
निर्वाचन कार्यालयले उम्मेदवारी फिर्ता लिने समय बुधवार बिहान १० देखि दिउँसो १ बजे सम्मलाई तोकेको थियो ।
२ ‘क’ प्रदेश क्षेत्रमा एकिकृत समाजवादीका जुद्धबिलास भण्डारी, नेपाल मजदुर किसान पार्टीका बेलबहादुर बस्नेत, नेपाल समाजवादीका हरिशरण आचार्यले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यो प्रदेशमा अब सात जना उम्मेदवार बिच प्रतिस्पर्धा हुने भएको छ ।
२ ‘ख’ मा छ जनाले उम्मेदवारी दिएका मध्ये कसैलेपनि फिर्ता लिएनन् ।
गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका १० मध्ये कसैलेपनि फिर्ता गरेनन् । १ को ‘क’ मा ७ जनाकै उम्मेदवारी कायम छ ।
प्रदेश क्षेत्र ‘ख’ मा १० जनाले उम्मेदवारी दिएका मध्ये ३ जनाले फिर्ता लिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका पूर्ण दाहाल, राजकुमार ढकाल र एकिकृत समाजवादीका टेकराज भट्टले उम्मेदवारी फिर्ता लिएका मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




