| आइतवार, कार्तिक २२, २०८३

प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढ्दा चाँदीको घट्यो

अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढ्दै ९४ हजार २ सय रुपैयाँ पुगेको हो । 
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने अघिल्लो दिनमा मूल्यमा १५ रुपैयाँले घट्दै प्रतितोला एक हजार २ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्