
चुनाव जित्न मात्रै प्रचण्डको उम्मेदवारी होईन, जित त सबै ठाउँमा सुनिश्चित थियो : श्रेष्ठ
माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चुनाव जित्न मात्रै गोरखाबाट अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारी नभएको बताएका छन् ।
आईतवार गोरखा क्षेत्र नम्बर २ का लागि प्रचण्डले मनोनयन दर्ता गरेसँगै उनले भने ‘प्रचण्ड चुनाव जित्न गोरखा आएको भन्ने कुरा सत्य होईन, जित त उहाँको सबै ठाउँमा सुनिश्चित थियो, चितवनमै जितिन्छ ।’
कुनैपनि एउटा निर्वाचन क्षेत्रमा परम्परागत ढंगले निर्वाचन लड्ने सोच र प्रवृत्ती प्रचण्डको नरहेको श्रेष्ठले बताए । गोरखकाली जनताको माग भावना र टिमको आग्रहलाई मानेर दाहाल गोरखा २ आएको उनले बताए ।
‘उहाँ गोरखा आउनु हामी सबैको निम्ती खुसीको कुरा हो’ उनले भने ।
प्रचण्डको गोरखा आगमनले यहाँको बिकास र समृद्धीको निम्ती असाधारण योगदान पु¥याउने उनले दावी गरे । गोरखालाई बिकासको नमुना क्षेत्र बनाउने कामको निम्ती अध्यक्षलाई गोरखामा पाएको भन्दै उनले खुसी ब्यक्त गरे ।
गोरखा २ श्रेष्ठको गृहक्षेत्र हो । २०७४ को निर्वाचनमा श्रेष्ठ बाबुराम भट्टराई सँग पराजित भएका थिए । प्रचण्डको उम्मेदवारीमा अहिले श्रेष्ठ र भट्टराई समर्थक, प्रस्ताबक छन् ।




