
लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार
चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
बिहिवारदेखि सुर्खेत घर भएका ३४ वर्षिय दीपक जिसी पहिरोमा फसेका थिए ।
उनको खुट्टा भाँचिएको र मानिसले उद्धार गर्न संभव नभएपछि गाउँपालिकाले पत्राचार गरेको र जिल्ला प्रशासन कार्यालयको पहलमा सेनाको हेलिकप्टरले उद्धार गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । गृहमन्त्रालयको बिपद् ब्यवस्थापन कोषबाट खर्च ब्यहोर्ने गरी ति ब्यक्तिको उद्धार भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
घाईते जिसी पहिरोमै ओढार भित्र बसेका थिए । हेलिकप्टरबाट डोरीको सहायताले उनको उद्धार गरिएको वडा नम्बर ६ का अध्यक्ष सरोज लामाले बताए । करिब १० मिनेट हेलिकप्टर ‘होल्ड’ गरेर नेपाली सेनाको टोलीले घाईतेको उद्धार गरेर काठमाण्डौँ लगेको उनले बताए ।




