
माछा मार्ने क्रममा चिप्लिएर एक पुरुष बूढीगण्डकीमा बेपत्ता
गोरखाको आरुघाट गाउँपालिका १ छोटेखोला र बूढीगण्डकीको दोभानमा माछा मार्ने क्रममा चिप्लिएर एक पूरुष बेपत्ता भएको छन् । ४० वर्षिय आईतसिंह गुरुङ बेपत्ता भएका हुन् ।
बेपत्ता गुरुङको खोजी भईरहेको प्रहरीले जनाएको छ । माछा मार्न गएका चार जना मध्ये गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।




