| सोमवार, कार्तिक २३, २०८३

मनास्लु हिमपहिरोमा बेपत्ताको शव पोष्टमार्टमका लागि काठमाण्डौँ लगियो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लुमा हिमपहिरोमा परी बेपत्ता एक पुरुषको शव सोमवार दिउँसो भेटिएको छ ।


दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीबाट गएका ताप्लेजुङका दावा छिरिङ शेर्पा आईतवार दिउँसो बेपत्ता भएका थिए ।

हेलिकप्टरबाट आईतवारदेखि नै खोजी भएपनि सोमवार दिउँसो शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । शव सामागाउँ ल्याएर मुचुल्का गरी पोष्र्टमार्टमका लागि काठमाण्डौँ पठाइएको उनले बताए । सिम्रिक ऐयरको हेलिकप्टरबाट शव काठमाण्डौँ लगिएको हो ।


आइतबार दिउसो करिब साँढेतीनबजे हिमपहिरो गएको हो । पहिरोमा चार जना परेको र अन्य तीन जना शकुसल भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


यस अघि गत मंगलवार पनि मनास्लु हिमालको तेस्रो र चौँथो शिविरको बिचमा पहिरो गएको थियो । उक्त हिमपहिरोमा एक जनाको मृत्यू भएको थियो भने १२ जना घाईते भएका थिए ।


अहिले मनास्लु हिमाल आरोहण गर्ने सिजन हो । किलर माउन्टेनको रुपमा चिनिने मनास्लुमा अहिले एक हजार भन्दाबढि शेर्पाहरु र चार सय हाराहारी हिमाल आरोही पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्