| बिहिबार, असार १०, २०८३

मनकामना केबलकार नवमी र बिजयादशमीको दिन बन्द हुने

गोरखा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने भएको छ ।


नवमी र बिजयादशमीको दिन दुई दिन केबलकार बन्द हुने प्रालीका स्टेशन म्यानेजर उज्वल शेरचनले बताए ।


आज अष्टमी भएको र भक्तजनहरु बलि चढाउन मनकामना मन्दिर धेरै जाने भएकाले अन्य दिन भन्दा भिडभाड छ ।


दशमीको भोलिपल्ट मान्यजनकहाँ टिका थाप्न हिँडेहरुको चाप हुने भएकाले पनि केबलकार एकादशीको दिन अर्थात असोज २० गतेबाट भने निरन्तर संचालन हुने प्रालीले जनाएको छ ।


मनकामना क्षेत्रका स्थानीय अधिकासं केबलकारबाट आउजाउ गर्ने भएकाले उनीहरुको नियमित आवतजावतका लागि पनि केबलकार संचालन हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्