| बिहिबार, असार १०, २०८३

आज महाअष्टमी : गोरखकाली र मनकामनामा बलि चढाउनेको भिड

गोरखाको प्रसिद्ध धार्मीक स्थल गोरखकाली र मनकामना मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । दशैँका बेला विषेश बलि लाग्ने यी ठाउँमा भक्तजनको चाप बढेको हो ।


गोरखकाली मन्दिरमा बिहान सवेरैदेखि बलि चढाउने जाने भक्तजनको चाप अत्याधिक रहेको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ ।
मनकामना मन्दिरमा पनि भक्तजनको चाप धेरै छ । दरवार हेरचाह अडडले आफ्नो नियमित बली पनि चढाएको छ ।

मनकामना दर्शन प्रालीका अनुसार अन्य दिन भन्दा केबलकारबाट बली चढाउन आउजाउ गर्नेहरु धेरै देखिएका छन् । मन्दिर परिसरमा भक्तजनको भिड छ ।


भक्तजनले दु:ख शंकट आई परेका बेला वा कामसिद्धिका लागि शक्तिपिठहरुको नाममा बलि चढाउने भाकल गर्ने गर्छन । त्यसरी गरिएको भाकल पुरा गर्न बलि चढाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्