| सोमवार, कार्तिक २३, २०८३

मनास्लु हिमपहिरोमा बेपत्ताको हेलिकप्टरबाट आज बिहानैदेखि खोजी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा गएको हिमपहिरो बेपत्ता एक जना शेर्पाको आज बिहानैदेखि खोजी भईरहेको छ ।


दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीका एक जना शेर्पा बेपत्ता भएका सो कम्पनीका पासाङ फुर्बु शेर्पाले जानकारी दिए ।


आइतबार दिउसो करिब साँढेतीनबजे हिमपहिरो गएको हो । पहिरोमा परी हराएका शेर्पाको पहिचान भने खुलेको छैन । पहिरोमा चार जना परेको र अन्य तीन जना शकुसल भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


अरु तीनजना सकुशल भेटिएका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।
हराएका शेर्पाको साँझसम्म सिम्रिक एयरको हेलिकोप्टरबाट खोजी गरेपछि फेला पार्न सकेन । सोमवार बिहान पुन खोजी गर्न हेलिकप्टर चुमनुब्रीको सामागाउँमै राखिएको थियो ।


यस अघि गत मंगलवार पनि मनास्लु हिमालको तेस्रो र चौँथो शिविरको बिचमा पहिरो गएको थियो । उक्त हिमपहिरोमा एक जनाको मृत्यू भएको थियो भने १२ जना घाईते भएका थिए ।


अहिले मनास्लु हिमाल आरोहण गर्ने सिजन हो । किलर माउन्टेनको रुपमा चिनिने मनास्लुमा अहिले एक हजार भन्दाबढि शेर्पाहरु र चार सय हाराहारी हिमाल आरोही पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्