
मनास्लुमा फेरी हिमपहिरो एक बेपत्ता, तीन सकुशल
मनास्लु हिमपहिरोमा परी एकजना नेपाली नागरिक बेपत्ता भएका छन् ।
आइतबार दिउसो साँढेतीनबजेतिर गएको हिमपहिरोमा परी सेभेन सम्मिट ट्रेक्स एण्ड एक्सपिडिशन परालिका शेर्पा बेपत्ता भएका सो कम्पनीका पासाङ फुर्बु शेर्पाले जानकारी दिए ।
हराएका शेर्पाको पहिचान नखुलेको उनले बताए ।
दोस्रो शिविरबाट आधारशिविरतर्फ फर्कने क्रममा विभिन्न कम्पनीका चारजना हिमपहिरोमा परेका थिए ।
अरु तीनजना सकुशल भेटिएका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । हराएका शेर्पाको साँझ अबेरसम्म सिम्रिक एयरको हेलिकोप्टरबाट खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।




