| मङ्लबार, कार्तिक २४, २०८३

दशैँमा मासु खानुअघि यी कुरामा ध्यान दिऔँ

जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ ।

दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखी ५५ ग्राम प्रोटिन हुन्छ । थप प्रोटिन अन्य खानाबाट पाइन्छ ।


मधुमेह, उच्चरक्तचाप, मृगौलामा समस्या, कोलेस्ट्रेरोल बढी भएका व्यक्तिले बोसो नभएका मासु सकभर उसिनेर खानु राम्रो हुन्छ ।

अझ उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खानु उत्तम मानिन्छ ।

मासु खाएपछि शरीरलाई हलचल वा व्यायम गर्नु राम्रो हुन्छ । त्यसो त शरीरका लागि नियमित रुपमा ४५ मिनेट जति हिडनु राम्रो हुन्छ । मासु खाएका बेला पनि सो प्रक्रियालाई थप्न सकिन्छ ।

मासु पोलेर सकेसम्म खानु हुँदैन । राम्रो सँग नपाक्ने हुँदा अपच हुने, पेट दुख्ने समस्या आउन सक्छ ।

धेरै तारेको, तेल हालेको, धेरै मसलेदार मासु खानु हुँदैन । तत्काल खाँदा स्वादिलो हुने भएपनि त्यस्तो मासु खाँदा स्वास्थ्यमा असर पर्न सक्छ ।

ग्यास्टिकले नसताओस भन्नका लागि सकभर उसिनेको वा रसयुक्त मासु खान लाभदायी हुन्छ ।

मासु खाइसकेपछि असहज महसुस भएमा कागती पानी वा ज्वानो पानी खान सकिन्छ । यसले असहजता हटाउन मद्धत गर्छ ।

अन्य समयमा भन्दा दशैँमा धेरै मासु खाने प्रचलन छ । मासु खाँदा आफ्नो स्वास्थ्य अवस्थाको पनि ख्याल राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्