| सोमवार, कार्तिक २३, २०८३

चेम्बर अफ कमर्स गोरखाद्धारा बिजयादशमीको अवसरमा शुभकामना आदनप्रदान

चेम्बर अफ कमर्स गोरखाले बिजयादशमी एवं शुभ दिपावलीको अवसरमा शुक्रवार शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ ।

चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सहभागीले गोरखामा उद्योग भन्दा बाणिज्य ब्यापार धेरै हुँदा पैसा बाहिर गएको प्रति चिन्ता ब्यक्त गरे ।


साथै गोरखाको ब्यापार ब्यवशाय प्रर्वद्धन र बिकासका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने सबैको धारणा थियो ।

कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगर, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, नेकपा एमालेका उप सचिव शुरेस श्रेष्ठ, नेपाली कांग्रेसका सचिव किशोरजंग थापा, वमन चेम्वरका अध्यक्ष ज्ञानु अधिकारी, चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष रामश्वरुप श्रेष्ठ, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्