
पानी पिउने निहुँमा आठ वर्षीया बालिकालाई बलात्कार
अछाममा एक आठ बर्षिया बालिका बलात्कृत भएकी छन् । जिल्लाको साँफेबगर नगरपालिकाकी बालिका आमा रोपाइँमा गएको बेला २ बर्षकी बहिनी हेर्न बसेकी बालिका बलात्कृत भएको अछाम प्रहरीले जनाएको छ ।
पानी माग्ने निहुँमा गएका देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेको आरोप उजुरीमा उल्लेख छ । पिडित बालिकालाई एक पोइन्ट रगत दिइएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घटना २० असारको भएपनि घरमा आफू एक्लो रहेको र पति भारतमा भएकोले डरले उजुरी नदिएको पीडितकी आमाले बताएकी छन् ।
भारतमा रहेका बालिकाका बुवा र बाजुरामा रहेका ठुलो बुवाको सल्लाहमा २८ गते प्रहरीमा जाहेरी गरेको उनले बताइन् ।
पीडीत बालिकाको जिल्लामा उपचार भइरहेको छ । तर, बलात्कारका कारण यौनाङ्गमा भएको घाउमा संक्रमण भएकाले उपचार कठिनाइ रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । बलात्कारको आरोप लागेका रेवन्त भने परिवारका सम्पुर्ण सदस्यसहित भारत प्रस्थान गरीसकेका छन् ।




