| सोमवार, कार्तिक २३, २०८३

केन्द्र बिवादको धक्का विकासमा !

फिनामदेखि आरुघाटसम्म बजार अनुगमन ः अधिकांश व्यवसाय दर्ता विना संचालन
गोरखाका अधिकांश व्यापार व्यवसायहरु दर्ता विनै संचालन गरिरहेको पाइएको छ । घरेलु् तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुजेलको नेतृत्वमा सोमबार भएको जिल्लास्तरीय बजार अनुमगनको क्रममा जिल्लाका अधिकांश स्थानमा संचालनमा रहेको व्यवसायहरु दर्ता बिनै संचालन भइरहेको पाएको हो । अनुगमन टोलीले गोरखा नगरपालिकाको वडा नं ४ फिनाम, कोखेआले, भीमसेन गाउँपालिकाको

झिँगटे, खान्चोक, घ्याम्पेसाल हुदै आरुघाट गाउँपालिकाको आरुघाट बजार अनुमगन गरेको थियो ।
मुख्य सडकखण्ड अन्तरगत पर्ने किराना, खाद्य, कस्मेटिक, टेलर्श, मासु पसल, औषधी पसल, होटल रेष्टुरेण्ड, हाडवेयर र तरकारी पसल अनुगमन गरिएको थियो ।

सो क्रममा ग्रामीण क्षेत्रमा संचालन गरिरहेका सानादेखि ठूला व्यवसायीहरुले दर्ता विनै व्यवसाय संचालन गरेको र कतिपयले आफ्नो व्यवसाय दर्ता नविकरण नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख तथा बजार अनुगमनका संयोजक सुर्य भुजेलले बताए ।

बजार अनुमनका क्रममा दर्ता नगरी संचालन गरिरहेका सबै व्यवसायलाई दशैंपछि तुरुन्त घरेलु कार्यालयमा आएर दर्ता गर्न र नविकरण गर्नेहरुलाई पनि तुरुन्त नविकरण गर्न र सबै व्यवसायीहरुलाई भ्याट विलमा मात्र कारोबार गर्न निर्देशन दिएको छ । त्यस्तै, अधिकांश पसलमा मूल्य सूची नभएको र साइन बोर्ड नभएका पसलहरुमा तुरुत तीन दिन भित्रका मूल्य सूची र साइनबोर्ड राख्न निर्देशन दिएको उनले बताए ।

फिनामदेखि आरुघाट बजारसम्म अनुगमन गर्ने क्रममा म्याद गु्रजिएका विभिन्न खाद्यान्न, मसला, पेय पदार्थ लगायत गरी करिब ५० हजार रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको अनुगमन टोलिका संयोजक भुजेलले जानकारी दिए ।

घरेलु कार्यालयका प्रमुख सूर्य भुजेलको नेतृत्वमा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत छवि श्रेष्ठ, सम्बन्धित स्थानीय तहका प्रतिनिधि, भेटेरनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखा, कृषि ज्ञान केन्द्र, पत्रकार महासंघका प्रतिनिधि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्