
ट्याक्टर दुर्घटनामा चालकको मृत्यू
बिहिबार राती ११ बजे अजीरकोट गाउँपालिका २ वलाङमा भएको ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यू भएको छ । सुपर चेपे हाइड्रोपावरको सिमेण्ट बोकेर आयोजनास्थलतर्फ जाँदै गर्दा ग १ त ४५७४ नंबरको ट्याक्टर पल्टिँदा सिरानचोक गाउँपालिका छोप्राक घर भएका ट्याक्टर चालक विक्रम श्रेष्ठको मृत्यू भएको हो ।
ट्याक्टरले चेपेको उनको शव शुक्रबार बिहान निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।




