| सोमवार, कार्तिक २३, २०८३

मनकामनामा आएका १४०० भारतीय भक्तजनको सन्देश

यो सिजनमा मनास्लु आरोहण गर्न ४०४ जनाले अनुमति लिएका छन् । नेपालका अन्य सबै हिमाल आरोहण गर्न अनुमति लिनेको संख्या जम्मा ४७२ रहेकामा ४०४ जनाले मनास्लु आरोहण गर्न अनुमति लिएका हुन् ।

विभिन्न हिमालमा ५१ टिमले आरोहण अनुमति लिएकामा मनास्लु आरोहण गर्न मात्र ३८ टिमले अनुमति लिएको छ । यस सिजनमा सबै हिमाल आरोहीबाट पाँच हरोड ४५ लाख राजस्व संकलन भएकामा मनास्लु आरोहण शुल्कबाट मात्रै चार हरोड ६२ लाख राजस्व संकलन भएको छ ।

यसमा प्रमुख कारण छ, प्रचार प्रसार । विशेषगरी बिगत बर्षमा बहराइनका राजकुमार, कतारकी राजकुमारी लगायतका व्यक्तित्वले मनास्लु आरोहण गरेपछि यो हिमालको धेरै चर्चा, प्रचार प्रसार भएको थियो ।

त्यसैले पर्यटक भित्रिनुमा ठूला व्यक्तित्वको भ्रमणले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
केहीअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी, पशुपति, मुक्तिनाथ भ्रमण गरेर फर्केपछि भारतमा ती धार्मिक स्थलहरुको धेरै चचाइ भयो । त्यसपछि नेपालमा आउने भारतीय भक्तजन तथा अन्य पर्यटकको संख्या ह्वात्तै बढेको पाइएको छ ।

केही दिनअघि एकैदिन मनकामना मन्दिरमा १४०० जना भारतीय भक्तजनहरु आए, दर्शन तथा पूजाआजा गरे । उनीहरुको आगमनले थप भारतीय भक्तजनहरु आउने विश्वास लिन सकिन्छ । त्यसले गर्दा नेपाल आउने धार्मिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास लिन सकिन्छ ।

पर्यटन विकास गर्न प्रचारप्रसार नै धेरै चाहिन्छ । एकै दिनमा १४०० जना आउने भनेको त्यो एकदिन मात्र होइन, त्यसकै अनुपातमा हरेक दिन भारतीय पर्यटकको संख्या उल्लेख्य छ । उनीहरु आएर फर्केपछि उनीहरुले गर्ने प्रचास प्रसारले मनकामना तथा सिँगै नेपालका धार्मिकस्थलहरुमा भक्तजन आउने क्रम पक्कै बढ्नेछ । उनीहरुबाट नेपालको पर्यटन विकास हुने सम्भावना पनि बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्