| मङ्लबार, कार्तिक २४, २०८३

धार्चेकी निवर्तमान उपाध्यक्ष गुरुङ रेडक्रस सोसाइटी गण्डकी समितिको उपाध्यक्ष

धार्चे गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष फूलमाया गुरुङ नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश समितिको उपाध्यक्षमा निर्वाचित भएकी छिन् । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश पोखरामा भएको प्रदेश सभाको दोस्रो अधिवेशनबाट गुरुङ उपाध्यक्षमा पदमा निर्विरोध निर्वाचित भएकी हुन् । उनी धार्चे गाउँपालिका ५ गुम्दाकी हुन् ।

प्रदेशको अध्यक्षमा कास्कीका सुर्यप्रसाद ढकाल, उपाध्यक्षमा गोरखाकी गुरुङ, महासचिवमा तनहुँका रामदत पौडेल, कोषाध्यमा लमजुङका नारायणप्रसाद घिमिरे, उपमहासचिवमा स्याङजाका सुनिलकुमार अर्याल र उपकोषाध्यक्षमा पर्वतका धनेश्वर रेग्मी निर्विरोध चयन भएका छन् ।

समितिको सदस्यहरुमा मुस्ताङबाट पुष्पा भट्टचन शेरचन, तनहुँबाट कृष्णचन्द्र पाण्डे, बाग्लुङबाट सिता शर्मा, नवलपरासीबाट रेखा केसी अधिकारी र मनाङबाट सदनप्रसाद द्धा चयन भएको नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशले जनाएको छ ।

यहि असोज २ र ३ गते पोखरामा भएको ने.रे.सो. गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्