| सोमवार, कार्तिक २३, २०८३

एकिकरण नेपाल द्धारा सहायता सामग्री हस्तान्तरण

एकिकरण नेपाल गोरखाको गोरखा अस्पताललाई करिव तीन लाख वरावरको अपाङ्गता भएको व्यक्तिहरुको लागि सायहता सामग्री हस्तान्तरण गरेको छ ।


गोरखा अस्पतालको आवश्यकता, हाल सम्मको प्रयोगको अवस्थालाई मध्यनजर गरि एकिकरण नेपाल गोरखाले सायहता सामग्री खरिद गरि हस्तान्तरण गरेको संस्थाको कार्यकारी निर्देशक हरि देवकोटाले वताए ।


एकिकरण नेपाल गोरखाले विगत ५ वर्षदेखि ह्याण्डिक्याप ईन्टरनेशनलको आर्थिक सहयोगमा गोरखा अस्पतालमा फिजियोथेरापी सेवा प्रदान गरिरहेको छ । सायहता सामग्रीमा विभिन्न साइजको वाकर, ट्वाईलेट चियर, ह्वीलचेयर, वैशाखी लगायत फिजियोथेरापी संग सम्वन्धित सामग्री भएको गोरखा अस्पतालको मेडिकल सुपरिन्टेन्डेन डा हरि कुमार श्रेष्ठले वताए ।


एक कार्यक्रम विच उक्त सामग्री गोरखाका मेयर कृष्ण वहादुर रानाले गोरखा अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष लाल प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको हुन् । कार्यक्रममा श्रेष्ठले एकिकरण नेपाल गोरखाको कामको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्