
गोरखामा राष्ट्रिय सहकारी बैंक स्थापना गर्न माग
गोरखामा राष्टिूय सहकारी वैंक स्थापना गर्न यहाँका सहकारी संस्थाहरुले माग गरेका छन् । राष्ट्रिय सहकारी वंैक लिमिटेड दमौली शाखाको आयोजनामा शनिबार गोरखा सदरमुकाममा सहकारी संघ÷संस्थासँग आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यहाँका सहकारी संचालकहरुले राष्ट्रिय सहकारी वैक स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् ।
गोरखामा सहकारी संचालन गर्दै आएका अधिकांशले जिल्लामा थप प्रभावकारी र व्यवस्थित रुपमा सहकारी संचालन गर्नकालागि राष्ट्रिय सहकारी वैंक स्थापना गर्नुपर्ने बताए । गोरखामा धेरै वर्ष पहिले नै राष्ट्रिय सहकारी वैंक स्थापना गर्न माग गरे पनि केन्द्रले प्राथमिकता नदिएको भीमबहादुर खत्रीले बताए ।
गोरखामा सहकारी वंैक स्थापनाका लागि सहकारीले लिने व्याज र ऋणमा केही सुलभ हुनुपर्ने तब मात्र वंैक स्थापना गर्नुपर्ने हिमचुली बचत तथा ऋण सहकारी संंस्थाका कोषाध्यक्ष सुशील अर्यालले बताए । गोरखामा हाल चारसय १५ भन्दा बढी सहकारी रहेकोले यी सहकारी थप व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्ने उद्देश्यले वैक स्थापना हुने पर्ने उनीहरुको जोड छ ।
कार्यक्रममा गोरखा नगरपालिका मेयर कृष्णबहादुर रानाले सहकारीले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह रहेको र नगरपालिकाको नीति तथा कार्यक्रममा पनि सहकारी संस्थाहरुसँग समन्वय गरेर काम गर्ने भनी उल्लेख गरिएको बताए । पछिल्लो समयमा सहकारीको विस्तार वित्तीय क्षेत्रमा मात्र भएको बताउदै कृषि उत्पादन, उपभोग, रोजगारी सिर्जना लगायतका कार्यमा क्षेत्र विस्तार गर्दै जानुपर्ने उनले बताए । नगरपालिका भित्र सक्रिय र निस्क्रिय सहकारी संस्थाहरु पनि अध्ययन भइरहेको उनले जानकारी दिए ।
उपमेयर मसलीमाया थोकरले राष्टिूय सहकारी वैंक स्थापना गर्नका लागि यहाँका सहकारी संस्थाबाट दिएको भन्दा सेवा सुविधामा केही सुलभ हुनुपर्ने बताइन् । त्यस्तै, महिला उद्यमीलाई सहुलियतमा ऋण प्रवाह गर्ने खालका कार्यक्रम ल्याउन समेत उनले राष्ट्रिय सहकारी वैंकलाई आग्रह गरेकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी वैंकका संचालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले राष्ट्रिय सहकारी वैकका वित्तीय अवस्थामा देशभरका सहकारीहरुको हालको अवस्था लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । सहकारी वैँकमा हाल १६ हजार भन्दा बढी सहकारी संस्था आबद्ध रहेको र ६८ वटा शाखा रहेको उनले जानकारी दिए ।
सहकारी वैकले सहकारी संस्थाहरुको मात्र पँुजी संकलन गर्ने र ऋण दिने बताउँदै गोरखामा राष्ट्रिय सहकारी वैक स्थापना गर्नका लागि यहाँ सहकारी संस्थाहरु सक्रिया भएर लाग्नुपर्ने उनले जोड दिए ।
सहकारीमा वित्तीय कारोबारहरु नीति नियम रहेको गर्नुपर्ने सुशासन कायम हुनुपर्ने र सहकारीको नीति, सिद्धान्तभन्दा बाहिर गएर कारोबार गर्न नहुने लगायतका कुराहरु समेत उनले सहभागी विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुलाई जानकारी गराएका थिए । गोरखाको सहकारी संस्थाहरुको सम्बद्र्धन, प्रवद्र्धन र सहकारीको दिगो विकासका लागि राष्ट्रिय सहकारी वैकको आवश्यकता रहेको उनको भनाइ छ ।
यस्तै, उनले सहकारीमा तरलता कम्तिमा दुई तिहाइ रकम अनिवार्य रुपमा सहकारी वैंकमा राख्ने, उपभोग गरेका कर्जाको नियमित भुक्तान गर्ने, दीर्घकालीन बचतमा सहभागिता गराउने र वैक तथा सहकारी अभियानप्रति जनतालाई अपनत्व विकास गर्नुपर्ने बताए ।
राष्ट्रिय सहकारी वैँकका अध्यक्ष केपी उप्रेतीको अध्यक्षता तथा गोरखा नगपालिकाको प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख मसली माया थोकर, सहकारी वैकका संचालक पार्वती थापा मगर लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।




