| सोमवार, कार्तिक २३, २०८३

जनप्रतिनिधिहरुलाई आफ्नो हात, जगन्नाथ

गण्डकी प्रदेशको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत चालु आर्थिक बर्ष गोरखामा १७० वटा योजनाहरु छन् । तीमध्य उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यको गृहनगर पालुङ्टारमा मात्र ४८ वटा योजना परेका छन् । जिल्लाभित्र आएका २३ करोडका कार्यक्रममध्य उनको गृहनगरमा नौ करोड रुपैयाँका कार्यक्रम छन् ।

उनका स्वकीय सचिव कुमार तिवारीको गण्डकी गाउँपालिकामा २७ वटा योजनाका लागि दुई करोड २८ लाख रुपैयाँ बिनियोजन गरिएको छ । त्यसमध्य उनकै वडा वडा नम्बर ८ मा मात्रै १४ वटा योजनामा एक करोड २८ लाख बजेट बिनियोजन गरिएको छ ।
दुर्गमको धार्चे र चुमनुब्री गाउँपालिकाभरि जम्मा दुई(दुईवटा योजना छन् । धार्चेमा जम्मा ४० लाख र चुमनुब्रीमा जम्मा ५० लाख रुपैयाँका योजना छन् ।

मन्त्री आचार्यले पालुङटार क्षेत्रमा गत वर्षको बाढीले धेरै क्षति पु¥याएकाले बजेट धेरै देखिएको बताए पनि मन्त्रीले आफ्नो हात जगन्नाथ गरेको सर्वसाधारणको आरोप छ ।

बारपाक सुलिकोट गाउँपालिकाभरि जम्मा ५६ लाखका पाँच वटा योजना परेका छन् । भीमसेन थापा भरि जम्मा ३४ लाख पाँच वटा योजना, शहीदलखन गाउँपालिकाभरि जम्मा ४४ लाखका छ वटा योजना र आरुघाट गाउँपालिका भरिमा ९६ लाखका जम्मा छ वटा योजना छन् ।
बजेट तथा कार्यक्रम पर्नु सकारात्मक हो । विकासको विरोध गर्न ु हुँदैन । विकास सबैतिर समानुपातिक रुपमा हुनुपर्छ । एउटा मन्त्री बने उनकै क्षेत्रमा मात्र आरी घोप्ट्याए झै विकास गर्ने, अर्का मन्त्री भए हाँडीघोप्टे बनेर आफ्नै क्षेत्रमा मात्र विकास गरेर हुँदैन ।

विगतमा फलानाले पनि त्यसै गरेको थियो, ढिस्कानाले पनि त्यसै गरेको थियो, मैले किन गर्न नहुने भन्ने तर्कमा तुक छैन । प्रगतिशील हुँ भन्नेले नयाँ ढंगले लोक रिझाउने गरी काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्