| आइतवार, कार्तिक २२, २०८३

बोर्लाङमा प्रदेशस्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ बोर्लाङमा गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । बोर्लाङ खेलकुद विकास समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा ‘बोर्लाङ भीमसेन थापा कप भलिबल प्रतियोगिता २०७९’ हुने जानकारी गराइएको थियो ।

भलिबलको विकास र प्रवद्र्धनका लागि नयाँ खेलाडीको उत्पादन तथा पुराना खेलाडीहरुको सम्मान र प्रोत्साहन गर्ने हेतुले असोज १२ गते देखि १६ गतेसम्म प्रदेशस्तरीय खुल्ला पुरुष र महिला भलिबल प्रतियोगिता संचालन गर्न लागिएको आयोजक बोर्लाङ खेलकुद विकास समितिका अध्यक्ष निराजन श्रेष्ठले बताए ।

प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ३० हजार सहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुने टिमले क्रमश ७० हजार, ३५ हजार सहित कप, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष श्रेष्ठले बताए । चौथो हुने टिमले नगद १५ हजार सहित प्रमाण पाउने उनले जानकारी दिए । पुरुष भलिबल प्रतियोगिता बेष्ट प्लेयरले ५ हजार, वेष्ठ स्पाईकर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, वेष्ट सर्भर, वेष्ट सेटर र वेष्ट कोचलाई २÷२ हजार सहित मायाको चिनोले सम्मान गर्ने बताइएको छ ।

त्यस्तै, प्रदेशस्तरीय खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ७० हजारसहित कप, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा दोस्रो, तेस्रो हुने टिमले क्रमश नगद ४०, २० हजार सहित कप, मेडल प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा सान्त्वना हुने टिमले नगद ५ हजार पाउने उनले जानकारी दिए । खुल्ला महिला भलिबल प्रतियोगितामा वेष्ट प्लेयरलाई ३ हजार र वेष्ट स्पाईकर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, वेष्ट सर्भर, वेष्ट सेटर, वेष्ट कोचलाई एक÷एक हजार नगदले सम्मान गर्ने उनले जानकारी दिए ।

पुरुष र महिला भलिबल प्रतियोगितामा प्रदेशभरिको गरी कुल १२÷१२ टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिता सहभागिता हुनका लागि असोज ११ बजे बेलुका ५ बजेसम्म नाम टिपाउन सकिने छ भने टिम दर्ताका लागि पुरुषतर्फ सात हजार र महिलातर्फ पाँच हजार शुल्क लाग्ने जनाएको छ । बाहिरबाट आएको खेलाडीलाई खान, बस्न आयोजकले नै व्यवस्था गरिएको छ ।

त्यस्तै, भीमसेन थापा गाउँपालिका अन्तर वडा स्तरीय ३५ वर्ष माथिका लागि भेटूान्स पुरुष भलिबल प्रतियोगित समेत संचालन हुने आयोजकले जनाएकोछ । प्रतियोगिता यही असोज १५ र १६ गते हुनेछ । सो प्रतियोगितामा प्रथम हुने टिमले ४० केजीको खसी, कप मेडल र प्रमाणपत्र पाउने छन भने द्वितीय हुने टिमले २५ केजीको खसी, कप मेडल र प्रमाणपत्र पाउने समितिका अध्यक्ष श्रेष्ठले बताए ।

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालनका गर्नका लागि करिब २१ लाख लाग्ने अनुमान गरिएको छ । हाल भीमसेन थापा गाउँपालिका वडा नं ६ बाट डेढ लाख, वडा नम्बर ८ बाट ५० हजार, गाउँपालिकाको तर्फबाट दुईलाख बिनियोजन गरिएको छ । बाँकी रकम जुटाउने क्रममा रहेको आयोजकले जनाएको छ । गोर्खालीहरु आबद्ध रहेका विदेशमा रहेका विभिन्न संघसस्थाबाट पनि पाँच लाख दिने प्रतिबद्धता आएको आयोजकले जनाएको छ ।
उक्त भलिबल प्रतियोगिता भीमसेन थापा गाउँपालिका वडा नं ७ मा रहेको सरस्वती माविमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्