| सोमवार, कार्तिक २३, २०८३

मझुवामा जिपको ठक्करबाट घाईते मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यू

गोरखा आँबुखैरेनी सडक खण्डको गोनपा १३ मझुवा प्रहरी चौकी नजिकै बोलेरो जिप र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।


दुर्घटनामा परि गम्भि घाईते मोटरसाईकल चालक गोरखा नगरपालिका वडा नम्बर ७ बतासेका १८ वर्षिय आशिष बस्यालको उपचारको क्रममा चितवनमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।


गोरखाबाट खैरेनी जाँदै गरेको ग २ च २२९१ नम्बरको बोलेरो जिप र खैरेनीबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटसाईकल दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्