| सोमवार, कार्तिक २३, २०८३

विद्युत प्राधिकरण गोरखाको चार करोडभन्दा बढी वक्यौता उठ्न बाँकी

नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले चार करोड भन्दा बढी वक्यौता रकम असुल गर्नपर्ने देखिएको छ । आ.ब. २०७८/७९ को तथ्यांक अनुसार चार करोड सात लाख १३ हजार रुपैया असुल गर्नुपर्ने देखिएको कार्यालय प्रमुख नेत्रमणि न्यौपानेले जानकारी दिए ।

सबै भन्दा धेरै घरवत्तीबाट २ करोड ३१ लाख ५३ हजार एक सय ९९ रुपैया असुल गर्नुपर्ने देखिएको छ । विभिन्न स्थानीय तहका सडक र टोलमा जडान गरिएको सडक बत्तीबाट ४४ लाख २९ हजार, व्यावसायिक क्षेत्रबाट४२ लाख ५९ हजार सात सय र गैर व्यापारिक १५ लाख ५० हजार दुई सय रुपैया रकम असुल गर्नुपर्ने देखिएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए ।

त्यस्तै, औद्योगिकक्षेत्रबाट७१ लाख ७६ हजार सात सय, सिँचाईबाट दुई लाख ४० हजार चार सय रुपैया, विभिन्न खानेपानी आयोजनाबाट पानी आपूति गरेबापत १७ लाख ६० हजार दुई सय ८४ रुपैया, जिल्ला विभिन्न धार्मिक क्षेत्र मठमन्दिर, मस्जिद, गुम्बा लगायतका क्षेत्रबाट ४१ हजार पाँच सय ६७ रुपैया रकम असुल गर्न पर्ने उनले बताए ।

सामुदायिक विद्युतीकरणबाट दुई लाख ७५ रुपैया र अस्थायी बत्ती एक लाख ७५ हजार छ सय ४४ रुपैयाm मनोरञ्जन क्षेत्रबाट ८ हजार रुपैया र गैर घरेलुबाट १२ हजार दुइ सय ८४ रुपैया असुल गर्नेपर्ने कार्यालयले जनाएको छ ।

बाँकी रहेको बक्यौता रकम बुझाउन कार्यालयले पटक पटक ताकेता गर्दा पनि बुझाउन अटेर गर्नेहरुको लाईन काटिएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए । मौखिम रुपमा पटक पटक खबर गरेरहेको र तोकिएको समय सीमाभित्र बक्यौता रकम नबुझाउने र रकम बुझाउन आनाकानी गर्नेको लाईन काट्ने गरिएको उनले जानकारी दिए ।

त्यावश्यक क्षेत्रमा बाहेक ६१ दिनभन्दा बढी विद्युत महशुल नबुझाउने जुनसुकै कार्यालयको विद्युत लाइन काटिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्