| मङ्लबार, कार्तिक २४, २०८३

अनुगमनकर्ता र व्यापारीको खेल : काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ

गोरखा सदरमुकाममा विभिन्न निकायबाट पटक–पटक किराना, कस्मेटिक, ग्रील, होटल, औषधीलगायतका पसलहरु अनुगमन हुने गर्छ । चाडबाड नजिकिँदै गएपछि अनुगमन झन नजिकिँदै जान्छ ।

तर अनुगमन गरेपछि यतिचाहिँ सुधार भयो भन्ने आधार एउटै भेटिएको छैन । अनुगमनकर्ताले अनुगमन गरेर जति निर्देशन दिए पनि व्यापारीहरु भने सधै ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ को अवस्थामा रहेको पाइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयको संयोजनमा रहेको जिल्ला बजार अनुगमन समितिले बुधबार पनि सदरमुकामका विभिन्न पसलहरु अनुमगन ग¥यो । अनुगमन टोलीले पेट्रोल पम्पदेखि हरमटारी गेटसम्म रहेको किराना पसल, कस्मेटिक, होटल, रेष्टुरेण्ड, ग्रील, मदिरा पसल, मासु पसल, मोटर साइकल वर्क सप, लगायतका ४० वटा पसल अनुगमन ग¥यो । सो क्रममा अधिकांशमा व्यवसायिक फर्म दर्ता नभएको, फर्म नवीकरण नगरेको, पसलमा सामानको मूल्य सूची नभएको भेटिए ।

नविकरण नगर्नेहरुलाई नविकरण गर्न र मूल्य सूची नभएकाहरुलाई तीनदिनभित्र मूल्य सूची टाँस्न निर्देशन दिएको घरेलु कार्यालय गोरखाका प्रमुख सूर्य भुजेलले बताए । तीन वटा पसल दर्ता नगरी संचालन गरिराखेकोले तत्काल बन्द गरी दर्ता गरेर मात्र संचालन गर्न निर्देशन दिएको कार्यालय प्रमुख भुजेलले बताए । तौल जोख्ने फलामे काँटा सहि व्यालेन्स नदिएकाले जफत गरिएको उनले बताए ।

यसअघि भएको बजार अनुगमनमा पनि त्यस्तै दृश्य भेटिएका थिए । अनुगमन टोलीले त्यस्तै निर्देशन दिएका थिए । दशैँ नजिकिएसंगै फेरि अनुगमन हुन्छ, फेरि यस्तै भेटिन्छ अनि फेरि यस्तै निर्देशन दिन्छ । यही क्रम दशौँ बर्षदेखि चलिरहेको छ, चलिरहनेछ ।

घरेलु कार्यालयले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्विकृत कार्यक्रम अन्तरगत बजार अनुगमन गरेको हो । घरेलु कार्यालयको संयोजक रहेको अनुगमन टिममा गोरखा नगरपालिका, प्रशासन कार्यालय, कृषि र भेटेरीनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र, , उद्योण वाणिज्य संघ, प्रहरी र पत्रकार महासघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्