
छैठौँको यो संयोग : गोरखा अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद औषधालय प्रदेशको छैठौँ स्थानमा
गोरखामा स्वास्थ्य सम्बन्धी कार्य गर्ने तीन संस्था प्रदेशभरिको मूल्यांकनमा छैठौँ स्थानमा परेका छन् । गण्डकी प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका तीन वटा स्वास्थ्य संस्था छैठौं स्थानमा परेका हुन् ।
गण्डकी प्रदेशका सरकारी अस्पतालहरुमध्ये गोरखा अस्पताल छैठौँ स्थानमा परेको प्रगति समीक्षा गोष्ठीमा बताइएको थियो । प्रदेशभरिका अस्पतालहहरुको मूल्याङकन नतिजा सार्वजनिक गर्ने क्रममा गोरखा अस्पतालले ६६.४० नम्बर पाउदै प्रदेशभरिको छैठौ स्थानमा परेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पनि छैठौँ स्थानमा परेको हो । प्रदेशभरिका स्वास्थ्य कार्यालय र आयुर्वेद औषधालय केन्द्रहरुको मुल्यांकनको क्रममा दुवै संस्था छैठौं स्थानमा परेको हो । स्वास्थ्य कार्यालयले ७७ अंक पाएका थिए भने आयुर्वेद औषधालयले ६० अंक पायो ।
कार्यक्रममा प्रदेश भरिका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल तथा जिल्ला आयुर्वेद औषधलायहरुद्वारा आर्थिक वर्ष २०७८÷०७९ मा सम्पादति कार्यक्रमहरु प्रस्तुत गरिएका थिए ।




