| मङ्लबार, कार्तिक २४, २०८३

लाप्राकमा सुगन्धित तेल उत्पादन सुरु

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ स्थित लाप्राकमा सुगन्धित तेल उत्पादन सुरु भएको छ । स्थानीयस्तरमा पाइने विभिन्न जडीबुटीहरुको पात, स्याउलाबाट सुगन्धित तेल उत्पादन सुरु गरिएको संचालक जीतबहादुर गुरुङले बताए ।

धार्चे कृषि जडिबुटी उत्पादन तथा प्रशोधन फर्मबाट हाल दुईवटा मेसिन जडान गरी तेल उत्पादन सुरु गरेकोे उनले बताए । ‘यो सुरुवाती चरण हो । अहिले स्थानीय स्तरमा खेर गइरहेको विभिन्न प्रकारका जडीबुटीको पात र स्याउलाहरुलाई प्रशोधन गरेर तेल उत्पादन सुरु गरिरहेका छौ,’ उनले भने ।

No description available.

पहिलो पटक स्थानीय स्तरमै पाइने तितेपाती र धसिङ्ग्रे लगायतका जडीबुटीको पात र स्याउलालाई प्रशोधन गरी तेल निकालिएको उनले बताए । भदौदेखि मंसीरसम्म तेल उत्पादन गर्ने मुख्य सिजन भएको बताउदै यसले स्थानीय स्तरमा रहेको जडीबुटीको प्रयोग आउनुका साथै स्थानीयले रोजगार पाएको उनी बताउँछन् ।

No description available.


लाप्राकमा उत्पादित सुगन्धित तेल स्वदेश तथा विदेशमा धेरै माग रहेको उनले बताए । विशेष गरेर आयुर्वेदिक कम्पनीमा औषधी बनाउनका लागि प्रयोग हुने उनको भनाइ छ ।

सुगन्धित तेल शरीरका विभिन्न भागको दुखाई कम गर्ने, शरीरका मसाज गर्न, विभिन्न प्रकारका स्यम्पु, परफ्युमहरुमा प्रयोग गर्नुका साथै आयुर्वेदिक औषधीहरुम प्रयोग हुने बताइएको छ । साथै सुगन्धित तेलको सुगन्धले तनमनमा शीतलता प्राप्त हुन्छ ।

उत्पादित सुगन्धित तेल ल्यावटेस्ट गरी मूल्य निर्धारण गर्न बाँकी रहेको उनले जानकारी दिए । तितेपानी, धसिङ्ग्रे, तालिसपत्र, वनमारा, कचुर, जटामसी लगायतका जडीबुटीबाट सुगन्धित तेल उत्पादन गर्न सकिने उनले बताए ।

एकै पटक ६ सय केजी र २ सय केजी पात तथा स्याउलालाई प्रशोधन गर्न सक्ने क्षमताका दुई वटा मेसिन जडान गरी काम भइरहेको उनले बताए । उनकाअनुसार दुई वटा मेसिन लगायतका आवश्यक पुर्वाधार जडान गर्न करिब नौ लाख खर्च भईसकेको छ । राष्ट्रिय वाणिज्य बैङबाट ‘लोन’ लिएर उद्योग संचालन गरिएको संचालक गुरुङले जानकारी दिए ।

No description available.

दुई दशकदेखि जडीबुटी सम्बन्धी काम गर्दै आएका पासाङ शेर्पाले सिन्धुपाल्चोकमा पनि आफ्नै फर्म स्थापना गरी सुगन्धित तेल उत्पादन गर्दै आएको बताए । सुगन्धित तेल एक केजीका ६ हजारसम्म पर्ने उनले बताए । तर विदेशबाट आउने मिश्रित सुगन्धित तेल सस्तो पर्ने गरेको उनले बताए ।

सुगन्धित तेलमा नेपाल एक केजीको न्यूनतम ६ हजार देखि आठ हजार सम्ममा विक्री हुदै आएको छ । स्वदेश उत्पादन हुने सुगन्धित शुद्ध हुने भएकाले महगो पर्ने गरेको र यो बढी विदेश निर्यात हुने शेर्पा बताउँछन् ।

नेपालमा उत्पादित तेल जापान, अमेरिका लगायतका देशमा निर्यात हुने गरेको छ । नेपालमा उत्पादिन सुगन्धित तेल स्वदेशमा भन्दा पनि विदेशमा धेरै माग रहेको शेपाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्