
जनता समाजवादी पार्टी गोरखाद्वारा उम्मेदवारको नाम सिफारीस
जनता समाजवादी पार्टी नेपाल गोरखाले उम्मेद्वारको नाम सिफारिस गरेको छ । सोमवार जिल्ला समितिले प्रदेश समितिलाई संघीय क्षेत्र र प्रदेश क्षेत्रको प्रत्यक्ष, समानुपातिक दुबैतर्फको नाम सिफारिस गरेको हो ।
प्रत्यक्षतर्फ गोरखा १ मा तिलक गुरुङ, २ मा जुना गैरेको नाम सिफारिस गरिएको जसपाका जिल्ला अध्यक्ष कुलमान गुरुङले बताए । समानुपातिकतर्फ बिषबहादुर गुरुङ, धनमाया गुरुङ सिफारिसमा परेका छन् ।
क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र ‘क’ मा प्रत्यक्ष तर्फ कुलमान गुरुङ, ‘ख’ मा सुकमाया गुरुङ, क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘क’ मा रमेश पोखरेल र कविन्द्र अधिकारी, ‘ख’ मा रामप्रसाद गुरुङको नाम सिफारिस भएको जिल्ला अध्यक्ष कुलमान गुरुङले बताए ।




