| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा राप्रपा नेपालले गर्यो सबै क्षेत्रबाट उम्मेदवार सिफारिस

राप्रपा नेपालले आगामि निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ । गोरखा सदरमुकाममा आइतबार बसेको पार्टीको वैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि नाम सिफारिस गरेको हो ।

संघीय क्षेत्र नं १ मा प्रतिनिधि सभा तर्फबाट हिक्मतजंग भण्डारी, विष्णुहरि आचार्य र मानबहादुर श्रेष्ठलाई उम्मेदवारको रुपमा सिफारिस गरिएको छ । प्रतिनिधि सभाका समानुपातिक तर्फबाट विजय मल्ललाई सिफारिस गरिएको राप्रपा नेपाल गोरखाले जनाएको छ ।

क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. ‘क’ बाट हरिराम अर्याल, पम्फा खनाल, पूर्णबहादुर गान्धारीलाई सिफारिस गरिएको राप्रपा नेपाल जिल्ला कार्य समितिले जनाएको छ । समानुपातिकतर्पm मायादेवी खनखवास र सीता पाठकलाई सिफारिस गरिएको छ । प्रदेश क्षेत्र ‘ख’ बाट सरिता रहिना देवकोटा र समानुपातिक तर्पmबाट दावा दोर्जे लामाको नाम सिफारिस गरिएको जनाएको छ ।

त्यस्तै, संघीय क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि महेश्वर रोका, शंकरराज अधिकारी, उज्वल पोखरेल, सफीदिन मायाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं २ को प्रदेश क्षेत्र ‘क’ को तर्फबाट शम्भु न्यौपाने, अर्जुन बस्नेत, राममाया के.सी. र समानुपातिक तर्फबाट पूर्णकुमारी विक र कृष्ण गिरीको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ कै प्रदेशसभा ‘ख’ तर्फबाट कुलबहादुर बस्नेतको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फबाट भने यमबहादुर राना, ठाकुरप्रसाद ढकाल, टीका कुमारी खड्कालाई सिफारिस गरिएको राप्रपा नेपाल गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्