
३२ औँ स्थापना दिवसको अवसरमा कर्मचारी युनियनद्वारा खाद्यान्न सहयोग
गोरखा नगरपालिका वडा नं ६ स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
नेपाल निजामती कर्मचारी यूनियन गोरखाले आश्रमलाई खाद्यान्न सहयोग गरेको हो । आश्रममा रहेका बालबालिकाहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यूनियनको ३२ औँ स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग गरिएको जनाइएको छ ।
युनियनले दुई बोरा आलु, एक प्याकेट तेल, कालोदाल १० केजी र चामल एक बोरा सहयोग गरेको यूनियन गोरखाका अध्यक्ष लेखबहादुर श्रेष्ठले बताए ।
विगतमा पनि यूनियनको स्थापना दिवसको अवसरमा सहयोग गर्दै आएको र आगामि दिनमा समेत थप सहयोग गर्दै जाने श्रेष्ठले जानकारी दिए ।
यूनियन गोरखाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष गणेशप्रसाद भट्टराई, यूनियन गोरखाका उपाध्यक्ष कल्पना दवाडी लगायतका पदाधिकारी, आश्रमकी संयोजक मुना लामा लगायतको उपस्थिति रहेको थियो ।




