| सोमवार, कार्तिक २३, २०८३

सोविताको जीवन संघर्षको सारथी साधना !

पालुङटार ९ घर भई हाल गोरखा नगरपालिका वडा नं ६ शक्तिचोकमा व्यवसाय गरी बस्ने सोबिता आचार्य खत्री क्षेत्रीलाई आजभोलि एक सफल महिला उद्यमीका रुपमा चिन्न सकिन्छ । गाँउबाट रित्तो हात गोरखा सदरमुकाम आएकी उनी सयकडा ३ का दरले ब्याज तिर्नेगरीसापटी लिएको रु ५५ हजार लगानी गरी कस्मेटिक पसल सुरु गर्न थालिन् । पसलमा नाफा कमाउन पुँजीको आवश्यकता थियो र आफुसँग पर्याप्त पुँजीको अभावमा व्यवशायबाट सोचे अनुसारको प्रगति गर्न नसकेको कुरा उनी सम्झन्छिन् ।

श्रीमान रोजगारका लागि कतार गए । त्यहाँ २ बर्ष बसे । बैदेशिक रोजगारबाट परिवारको अवस्थामा कुनै परिवर्तन नआएपछि उनले श्रीमानलाई पनि व्यवसाय गरी केही गर्नुपर्छ भनी स्वदेश बोलाइन् ।
श्रीमान बिदेशबाट आएर अरुको बस चलाउन थाले ।उनको कमाइले दुई छोरीएक छोरा र दम्पत्ति गरीपाँचजनाको परिवारलाई गुजारा चलाउन मुस्किल प¥यो ।

लघुवित्त कार्यक्रममा सहभागी भई आफ्नो व्यवशाय बिस्तार गर्ने मनसुवा आयो ।उनको सपना साकार पार्न साधना लघुवित्त वित्तीय संस्था सारथी वनेर साथ दिन आइपुग्यो । ‘साधना लघुवित्तमा आवद्ध भएका दिदीहरुले गरेको परिवर्तनको अवस्था देखेर मलाई पनि साधनाको समुहमा बसी कर्जा लिई केही गरौ भनेर अठौट आयो’, उनी भन्छिन् । त्यसपछि २०७४ सालको कात्तिक २७ गते सो लघुवित्तमा आबद्ध भइन् ।

साधना लघुवित्त वित्तीय संस्थाबाट प्रथम पटक विनाधितोसाधारण कर्जा दुई लाख रुपैयाँ लिइन् ।सो लगानीबाट व्यवसायले गति लिन थालेपछि फेरि व्यवसायिक कर्जा बापत दुई लाख रुपैयाँ, त्यसपछि फेरि रु दुईलाख, त्यसपछि फेरि रु दुईलाख ५० हजार र हाल रु तीन लाख कर्जा लिई कस्मेटिक व्यवशायलाई बढाउँदै लगिन् ।

सो लगानीले व्यवशायलाई बिस्तार गरेर आफ्नो व्यवशायमा ठूलो परिवर्तन आएको भनेर सम्झन्छिन् । ‘पहिला कस्मेटिक व्यवशाय भएपनि पूँजीको अभावमा व्यवसायले पिकअप लिन सकेको थिएन’, उनी भन्छिन्, ‘साधनाबाट प्राप्त गरेको साधारण कर्जा र व्यवसायिक कर्जाले नै मेरो व्यवसायमा ठूलो परिवर्तन आयो । पछि पुनः कर्जा लिदै फेन्सी व्यवशाय सुरु गरेँ । फेन्सी व्यवसायबाट अहिले सफल वनन पुगेँ ।’
अहिले उनी व्यवसायमा लगानी गर्दै मनग्य आम्दानी गरेको उनको भनाइ छ । पहिले डेरागरी बस्ने उनको परिबार अहिले गोरखा नगरपालिका वडा नं ६ मा पक्की घर वनाएर बस्न सफल भएका छन् ।

अहिले उनका श्रीमानलेयात्रुबाहक बस खरीद गरी बसधनी वनन सफल भएका छन् ।
केही गर्न खोज्ने सिप भएको र केही उद्यम गर्न मन भएको व्यक्तिहरुका लागि लघुवित्त संस्थाले असाध्यै राम्रो काम गरिरहेको भन्दै उनी लघुवित्त वित्तीय संस्था समाजमा आर्थिक क्रान्ति ल्याउन महत्वपूर्ण योगदान गरेको कुरा बताउँछन् ।
अहिले उनको पसलमा करिब २० लाख रुपैयाँको कष्टमेटिक तथा फेन्सीका सामानहरु छन् । ‘म र मेरो जीवनमा लघुवित्तले गर्दा ठुलो सहयोग मिल्यो’, उनी भन्छिन्, ‘यस साधना लघुबित्त बित्तिय संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

उनलाई कहिकतै लघुवित्त विरुद्धको आन्दोलन सुन्दा साह्रै मन दुख्ने गर्छ । कुनैपनि व्यक्तिले नागरिकताको भरमा २ लाखदेखि ५ लाख जो कोहीलाई दिन सक्दैन, जुन काम लघुवित्त संस्थाले यो कार्य गर्दै आएको छ । ‘नेपालमा म जस्ता जिउनका लागि संघर्ष गर्ने लाखौ परिवार लघुवितका कारण स्वरोजगार वनन सफल भएका छन्’, उनी भन्छिन्, ‘परिवार चलाउन, उद्यमी वनन, छोराछोरी पढाउन, समाजमा केही गरेर उदाहरण वननमा समेत लघुवित्त संस्थाको महत्वपुर्ण योगदान दिन्छ ।’ लघुवित्त संस्थालाई प्रवद्र्धन गर्न सरकार, समाज तथा सरोकारवालाहरुलाई उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्