
वर्षदिनमा ५० प्रतिशत बजेट खर्च गर्न नसक्ने बिकासे अड्डा
गोरखा स्थित ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाले गत वर्ष ५० प्रतिशत पनि बजेट खर्च गर्न सकेन । गत वर्ष ४६ दशमलव ०९ प्रतिशत प्रगती छ । ४३ करोड ८८ लाख ५२ हजार मध्य २० करोड २२ लाख ७६ हजार सात सय ५४ रुपैयाँ मात्रै खर्च भएको छ ।
बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रमको १४ वटा योजनामा १३ करोड २५ लाख बजेट थियो ।
२६ प्रतिशत अर्थात तीन करोड ४८ लाख ८८ हजार मात्र खर्च भयो । पालुङटारको फलामे अवण्डा बिरुवाटार सडक, पालुङटार हर्मी छोप्राक गाँखु श्रीनाथकोट जौवारी मुच्चोक सिम्जुङ घ्याच्चोक सडकको काम नै सुरु भएन । भिजन कन्टूक्सन एण्ड सप्लायर्स र निहारिक निर्माण सेवा प्रालीले जिम्मा लिएको यो दुई सडकको प्रगती सुन्य छ ।
पालुङटार, भिमसेन थापा गाउँपालिकामा रहेको दुईवटा योजनाको प्रगती १०÷१० प्रतिशत छ । पालुङटारकै एउटा योजनामा १५ प्रतिशत मात्रै काम भएको छ । तीनवटा योजनाको प्रगती ५० प्रतिशत भन्दा कम छ । १४ वटा मध्ये ६ वटाको प्रगती ५० भन्दाबढि छ । बैकल्पिक सहायक राजमार्ग सडक अन्तरगत कम योजना पुरा भएका छन् ।
एघारकिलो छेपेटार भालुस्वाँरा सडकको बजेट प्रगती ३७ प्रतिशत मात्रै छ । १५ करोड बजेट रहेकोमा गत असार मसान्त सम्म पाँच करोड ५५ लाख १७ हजार पाँच सय ३४ मात्रै खर्च भयो । बारपाक सडक खण्डको दुईवटा प्याकेजमा ७५ प्रतिशत मात्रै काम भयो । कार्यालयले निर्माण ब्यवशायीलाई सतप्रतिशत काम लगाउन नसक्दा कार्यालयको खर्च घट्यो ।
बेनिघाट आरुघाट लार्के भञ्ज्याङ सडक अन्तरगत दुई करोड ३५ लाख बजेट बिनियोजन भएकोमा ९८ लाख २२ हजार एक सय ७३ मात्रै खर्च भयो । करिब ४२ प्रतिशत मात्रै खर्च भएको सडक आयोजनाले जनाएको छ । चारवटा प्याकेज मध्ये एउटामा काम नै हुन सकेन भने अर्कोमा २१ प्रतिशत भएको छ । बाँकी दुईवटा प्याकेजमा भने ९० प्रतिशत भन्दाबढि प्रगती छ ।
सडक पूर्वाधार बिकास कार्याक्रममा ५८ दशमलव ७८ प्रतिशत मात्रै खर्च भएको छ । तीन करोड ३६ लाख बजेटमध्य एक करोड ९७ लाख ५० हजार मात्रै खर्च भएको छ । स्थानीय सडक पुल निर्माणमा ७६ प्रतिशत, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षणमा ७९ दशमलव ६८ प्रतिशत भएको छ । सडक आयोजना कार्यालयले निर्वाचन क्षेत्र रणनैतिक सडकमा गत वर्ष सतप्रतिशत प्रगती भएको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले बताए ।
‘केही क्रोनिक ठेक्काको रकम खर्च नहुनु, मूल्यवृद्धी, सामग्री अभावका कारण ब्यवशायीले काम नगर्नु, स्थानीय निर्वाचन लगायतका कारण खर्च घट्यो’ आयोजना प्रमुख पशुपती ज्ञवालीले भने । निर्माण ब्यवशायीले ‘निर्माण होलिडे’ को रुपमा काम नगर्दा कतिपय योजनामा समस्या भएको उनले बताए । गण्डकी गाउँपालिको बुट्टार जोड्ने गरी पप्पु कन्टूक्सनले निर्माण जिम्मा लिएको पक्की पुल सुरु नहुँदा खर्च प्रतिशत घटेको र केही योजना यो वर्ष ठेक्का सुरु मात्रै भएकाले प्रगती कम भएको आयोजना कार्यालयले जनाएको छ । निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माण ब्यवशायीले काम नगर्दा अलपत्र छ । बारपाक सडक पटक९पटक म्याद थप गर्दा समेत पुरा भएको छैन ।




