| मङ्लबार, कार्तिक २४, २०८३

मानव सेवा आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

गोरखा सदरमुकाममा रहेको मानव सेवा आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी प्रालिले संस्थाको पाँचौ वार्षिक उत्सवको अवसरमा आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

रिलायबल लाइफ इन्स्योरेन्स गोरखा शाखाका म्यानेजर नरेन्द्र श्रेष्ठले ३५ थान झोला, २० दर्जन कपी, १० दर्जन कलम, छ दर्जन सिसाकलम वितरण गरेका थिए ।

कार्यक्रममा मानव सेवा आश्रम र इन्स्योरेन्सका पदाधिकारीहरुको सहभागिता रहेको थियो । आश्रमका बालबालिकाहरुलाई अध्यापनमा थप सहयोग पुगोस भन्ने उद्देश्यले शैक्षिक सामाग्री हस्तान्तरण गरिएको बताए ।संस्थाले हरेक वर्ष यसरी सामाजिक क्षेत्रका सहयोग गर्दै आएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्