
गोरखा १ का लागि कांग्रेसबाट १४ जनाको आवेदन
गोरखा क्षेत्र नम्बर १ का लागि १४ जनाले उम्मेदवार बन्न आवेदन पेश गरेका छन् । प्रत्यक्ष तर्फ नौ जना र समानुपातीक तर्फ पाँच जनाले आवेदन पेश गरेको क्षेत्र नम्बर १ का सचिव शरण श्रेष्ठले बताए ।
प्रत्यक्षतर्फ महासमिति सदस्य राजेन्द्र बजगाई, तुलराम दाहाल, गण्डकी प्रदेश समितिका महामन्त्री किरणबाबु श्रेष्ठ, महाधिवेशन प्रतिनिधि देवेन्द्र वाग्ले, रामकृष्ण लामिछाने, केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, महासमिति सदस्य राजनराज पन्त, महाधिवेशन प्रतिनिधि जानुका अधिकारीले पनि आवेदन पेश गरेका छन् ।
समानुपातिकतर्फ जगत बराम, युवराज बस्ताकोटी, जीवनप्रेम श्रेष्ठ, रजनी मियाँ र शोभा भट्ट खनाल रहेका छन् ।
आकांक्षीहरुको नाम क्षेत्रीय समितिले जिल्ला समितिलाई निर्णय गरेर पठाउन भने बाँकी छ ।




