| मङ्लबार, कार्तिक २४, २०८३

एकिकरण नेपाल गोरखाले एक सय वटा विद्यालयमा पुस्तकालय निर्माण गर्दै

गोरखामा एकीकरण नेपालले सय वटा विद्यालयमा पुस्तकालय निर्माण गर्ने भएको छ । रुम टु रीडको सहायतामा जिल्लाका एक सय वटा विद्यालयमा पुस्तकालय निर्माण गर्ने संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए । जिल्लाका ८ वटा पालिकाको सहकार्यमा साक्षरता कार्यक्रम अन्तरगत छनौट भएको विद्यालयहरुमा पुस्तकालय निर्माण गर्न लागेको हो ।

यस कामको लागि संस्थाले झण्डै करोड भन्दा वढि लगानी गरी आवश्यक फर्निचर खरिद गरिसकेको र ५० भन्दा वढि विद्यालयमा फर्निचर सामग्री पुगि सकेको देवकोटाले जानकारी दिए । उनका अनुसार संस्थाले प्रति विद्यालय २ वटा रंगीन डिस्प्ले र्याग, इन्क्लाइन्ड डिस्प्ले र्याग १, वुक र्याग ३, लो हाइट टेवल ४, शिक्षकको लागि १.१ वटा टेवल र कुर्ची, सुचना वोर्ड १, चकटी २० वटा, डोरम्याट र २७ मिटरको दरले पिभिसी फर्म उपलब्ध गराएको छ ।

उक्त पुस्तकालयलाई व्यवस्थित रुपमा संचालनको लागि संस्थाले २०३ जना शिक्षकहरुलाई विभिन्न चरणमा पुस्तकालय व्यवस्थापन सम्वन्धि तालिम दिएको समेत उनले बताए । संस्थाले निकट भविष्यमै प्रत्येक विद्यालयमा विभिन्न वाल मनोरञ्जनात्मक तथा सिकाई कृयाकलापलाई सहायता हुने गरी विभिन्न ३०० भन्दा वढि प्रकारको पुस्तकहरु उपलब्ध गराउन लागेको संस्थाले जनाएका छ ।

गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, अजिरकोट, सिरानचोक, भिमसेन थापा, गण्डकी, शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकामा साक्षरता कार्यक्रम संचालन हुन लागेको हो । पुस्तकालय निर्माण पछि गुणस्तरिय शिक्षा प्रवाहमा योगदान पुग्ने एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले वताए ।

प्रतिक्रिया दिनुहोस्