| मङ्लबार, कार्तिक २४, २०८३

मनास्लु सहित तीन वटा हिमाल आरोहणका लागि ४२ जनाले लिए अनुमति

शरद ऋतुका लागि हिमाल चढ्न आरोहण गर्नका लागि हाल सम्म ४२ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्नका कुल ४२ जनाले अनुमति लिइसकेका छन् ।

विभागका अनसार हिमलुङ हिमाल (७१२६ मि.), सारिबुङ (६३४६ मि.) र मनास्लु (८१६३ मि.) हिमाल चढ्न अनुमति जारी भएको छ । यी हिमाल चढ्न पाँच वटा टिमका ४२ जनाले अनुमति लिएका छन् । अनुमति लिएकोमा अर्जेन्टिनाबाट मात्र १० जनाले अनुमति लिएका छन । कुल १६ वटा मुलुकका नागरिकले अनुमति लिइसकेका छन ।

अर्जेन्टिनापछि दोस्रो स्थानमा अमेरिकी नागरिक रहेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ । अमेरिकाबाट ७ जनाले अनुमति लिइसकेको छन । जर्मनी र स्वीडेनबाट ३÷३ जनाले अनुमति लिएको विभागको तथ्यांक छ । बेलायत, जापान, इटली, अष्टूेलिया, भारतबाट २र२ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

यी अनुमतिबाट ४४ लाख ६९ हजार ६९२ रुपैयाँ रोयल्टी संकलन भइसकेको छ । शरद ऋतुमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोही आउने गर्छन् । यस सिजनमा साना हिमाल चढिसकेपछि वसन्त ऋतुमा सगरमाथाका लागि तयारी गर्नेहरु बढी हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्