
काठमाडौमा दोस्रो तार्केश्वर महोत्सव हुँदै
‘पर्यटन कृषि र प्राकृतिको सौन्दर्य शहर, समृद्ध सांस्कृतिक तार्केश्वर नगरु भन्ने नारासहित दोस्रो तार्केश्वर महोत्सव ( २०७९ हुन लागेको छ।
नेपाल मेला महोत्सव संघ र समाजसेवा युवा क्लबको संयुक्त आयोजनामा भदौ १३ गते देखि २७ गतेसम्म तार्केश्वर नगरपालिका (८ स्तुपा पिपलडाँडा खेलमैदान मनमैजुमा महोत्सव हुन लागेको हो।
तार्केश्चर नगरपालिकाको प्रचार प्रसार गर्न र त्यहाँको सम्भावनालाई उजागार गर्न महोत्सव आयोजना गरिएको महोत्सव संयोजक सुमन क्षेत्रीले जानकारी दिए।
स्थानीय कला, संस्कृति, धार्मिक रीतिरिवाज, चालचलन, पुरातात्विक वस्तुको संरक्षण र सम्बर्द्धन गर्नका लागि महोत्सव आयोजना गरिएको संयोजक क्षेत्रीले बताए।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु, बाल कलाकारहरु र विभिन्न कार्यक्रमका साथै उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिति रहने क्षेत्रीले जानकारी दिए।




